शनिवार, श्रावण १९ २०८१
नेपाल वाइड
खोटाङ, १९ साउन । नेकपा एमालेले खोटाङ इन्चार्ज तथा दुई प्रदेशसभा इन्चार्ज तोकेको छ । नेकपा एमाले केन्द्रीय सचिवालयको ३४ औं बैठकले पोलिटव्यूरो सदस्य बिशाल भट्टराईलाई खोटाङ इन्चार्जको जिम्मेवारी दिएको छ ।
यस्तै, केन्द्रीय सदस्य खगेन्द्र राईलाई प्रदेशसभा (१) र केन्द्रीय सदस्य उषाकला राईलाई प्रदेशसभा (२) को इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, केन्द्रीय सदस्य रमेश पौडेल (खोटाङ)ले विद्यार्थी विशेष जिल्ला कमिटि इन्चार्जको जिम्मेपारी पाएका छन् । एमालेले खोटाङकै नेता हरि पोखरेललाई सल्लाहकार परिषदमा मनोनयन गरेको जनाएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हनुमानथानस्थित होटलमा सम्पन्न बैठकले केन्द्रीय कमिटि सदस्यहरुको कार्यविभाजन, केन्द्रीय कमिटि र केन्द्रीय निकायमा मनोनयन गरेको छ ।