Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अनेरास्ववियु (क्रान्तीकारी) खोटाङको सम्मेलन भदौ १० र ११ गते

    अनेरास्ववियु (क्रान्तीकारी) खोटाङको सम्मेलन भदौ १० र ११ गते


    • आइतवार, श्रावण २७ २०८१

    • नेपाल वाइड


    अनेरास्ववियु (क्रान्तीकारी) खोटाङको सम्मेलन भदौ १० र ११ गते

    खोटाङ, २७ साउन । अनेरास्ववियु (क्रान्तीकारी) खोटाङको १९ औं सम्मेलन आगामी भदौ १० र ११ गते हुने भएको छ । ‘समाजवादी शिक्षा प्राप्तीको लागि हाम्रो आन्दोलन, बिकृति, विसंगती र बेथितिका विरुद्ध १९ औं जिल्ला सम्मेलन’ भन्ने नारासहित अनेरास्ववियु (क्रान्तीकारी)को सम्मेलन दिक्तेलमा गर्न लागिएको हो । सम्मेलन सफल पार्नका लागि विभिन्न आठ उपसमिति गठन गरिएको अनेरास्ववियु (क्रान्तीकारी) खोटाङका संयोजक डार्विन चाम्लिङले जानकारी दिए ।

    सम्मेलनलाई लक्षित गर्दै एलबी मगरको संयोजकत्वमा प्रचार–प्रसार, भुवन आचार्यको संयोजकत्वमा प्रतिबेदन लेखन, डार्बिन चाम्लिङको संयोजकत्वमा आर्थिक, आदेश थापाको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

    यस्तै, रोशन राईको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन, उमेश भट्टराईको संयोजकत्वमा स्वयंसेवक परिचालन, ज्ञानेन्द्र बिकको संयोजकत्वमा कलाकार व्यवस्थापन र लक्ष्मी राईको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन उपसमिति गठन गरिएको अनेरास्ववियु (क्रान्तीकारी)ले जनाएको छ ।

    सम्बन्धित समाचार