Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वनरक्षक गजमेरले राखिदिए दिक्तेलका दश स्थानमा फोहोर संकलन गर्ने टोकरी

    वनरक्षक गजमेरले राखिदिए दिक्तेलका दश स्थानमा फोहोर संकलन गर्ने टोकरी


    • आइतवार, श्रावण २७ २०८१

    • नेपाल वाइड


    वनरक्षक गजमेरले राखिदिए दिक्तेलका दश स्थानमा फोहोर संकलन गर्ने टोकरी

    खोटाङ, २७ साउन । डिभिजन वन कार्यालय खोटाङमा कार्यरत वनरक्षक बिनोद गजमेरले दिक्तेलका विभिन्न स्थानमा फोहोर संकलन गर्ने टोकरी राखिदिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वच्छता र सरसफाई अभियानमा टेवा पुर्‍याउने लक्ष्यका साथ वनरक्षक गजमेरले आफ्नै खर्चमा दिक्तेलबजारका विभिन्न दश सार्वजनिकस्थलमा बाँसबाट निर्मित डस्टबिन राखिदिएका हुन् ।

    वनरक्षक गजमेरले आइतबार दिक्तेलको मझुवागढी देबिस्थान आसपासमा दुई थान, हाटडाँडा, कर्ममन्दीर, नगरपालिका परिषर, बेसक्याम्प, रत्नपार्क, ट्राफिकचोक, माटिकोरे खेलमैदान र कबर्डहलमा एक/एक थान टोकरी राखेको वनरक्षक गजमरेले बताए ।

    अधिक भिडभाड हुने तथा प्लाष्टिक र कागजजन्य फोहोरमैला बढी हुने स्थानलाई लक्षित गर्दै वनरक्षक गजमेरले सहयोगीसहित पुगेर बाँसबाट निर्मित टोकरी राखिदिएका हुन् । सार्वजनिकस्थलमा फालिने फोहोरमैलालाई टोकरीमा संकलन गर्ने र व्यवस्थापन गर्ने अभियानमा सघाउ पुर्‍याउन वन रक्षक गजमेरले व्यक्तीगत खर्चमा टोकरी राखेको बताए । गजमेरले चार वटा टोकरी आफैले र छ वटा टोकरी अरुलाई बनाउन लगाएका हुन् ।

    सार्वजनिकस्थलको सरसफाई अभियानमा वनरक्षक गजमेरलेजस्तै हरेक व्यक्तीले सकेको योगदान गर्ने हो भने सफा र सुन्दर नगर बनाउने अभियान साकार हुनेमा दुई मत छैन । 

    सम्बन्धित समाचार