बिहिवार, श्रावण ३१ २०८१
नेपाल वाइड
खोटाङ, ३१ साउन । अनेरास्ववियु (क्रान्तीकारी) दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिको १९ औं सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तीकारी)को दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिको सम्मेलन बिहिबार सम्पन्न भएको हो ।
सम्मेलनले ललिजन राईको अध्यक्षतामा अखिल क्रान्तीकारीको ३१ सदस्यीय क्याम्पस इकाई कमिटि गठन गरेको छ । क्याम्पस इकाई कमिटिको उपाध्यक्षमा आरती राई र राजन विक, सचिवमा विजय खड्का, सह–सचिवमा गोमा खड्का र रिता विक तथा कोषाध्यक्षमा विरेन्द्र दाहाल चयन भएका छन् ।