आइतवार, भाद्र २ २०८१
नेपाल वाइड
खोटाङ, २ भदौ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा अनेरास्ववियु क्रान्तीकारीको पालिका कमिटि गठन गरिएको छ । सुप्रिम तामाङको अध्यक्षतामा अनेरास्ववियुको २५ सदस्यीय पालिका कमिटि गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा दिपशिखा राई, सचिवमा सञ्जिव नेपाली, सह–सचिवमा सन्तोष कार्की र कोषाध्यक्षमा रोवन कोईराला चयन भएका छन् । आसन्न १९ औं सम्मेलनलाई मध्यनजर गर्दै अनेरास्ववियु क्रान्तीकारीले पालिका कमिटि गठन गरेको हो ।