Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागी पीडितलाई सहयोग रकम वितरण

    आगलागी पीडितलाई सहयोग रकम वितरण


    • बुधवार, भाद्र १२ २०८१

    • नेपाल वाइड


    आगलागी पीडितलाई सहयोग रकम वितरण
    आगलागी पीडितलाई सहयोग रकम वितरणपछि कार्यक्रममा सहभागीहरु ।

    खोटाङ, १२ भदौ । गत वैशाख १२ गते खोटाङको बाराहापोखरी गाउँपालिकामा भएको भीषण आगलागीबाट प्रभावित परिवारहरूलाई राहत रकम वितरण गरिएको छ । खोटाङ समाज हङकङद्वारा सञ्चालित खोटाङ प्राकृतिक प्रकोप राहत कोषमार्फत ९०,००० हजार र बाराहापोखरीका युवाहरूद्धारा संकलित १ लाख १८ हजार गरि जम्मा २ लाख ८ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको हो ।

    बराहापोखरी गाउँपालिकाको वडानम्वर १ र ५ का १५ घरधुरी आगलागीबाट प्रभावित भएका थिए । कोषका प्रतिनिधि इन्द्र नारथुङेको उपस्थितिमा पीडितलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

    राहत रकम हस्तान्तरण कार्यक्रममा बाराहापोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जारा, वडानम्बर १ का वडाध्यक्ष ढकबहादुर कार्की, वडानम्बर ४ का वडाध्यक्ष सन्तोष आचार्य, वडानम्बर ६ का वडाध्यक्ष दुर्गाबहादुर राई, र बाराहापोखरी रेडक्रस सोसाइटीका अध्यक्ष भुवन श्रेष्ठलगायतका व्यक्तित्वहरू उपस्थित थियो ।

    क्षतिको मात्रा अनुसार गाउँपालिकाले तयार पारेको मापदण्डको आधारमा राहत रकम उपलब्ध गराईएको कोषका प्रतिनिधि नारथुङेले जानकारी दिए । कोषका प्रतिनिधि नारथुङेका अनुसार, तत्कालै राहत वितरण गर्ने कोषको उदेश्य भएता पनि गत हिउँदमा धेरै प्रकोप भएकोले कोषमा रहेको रकम सकिएकोले खोटाङ समाज हङकङले पुनः सहयोग संकलन गरि रकम उपलब्ध गराएकाले यहि समयमा राहत रकम हस्तान्तरण गरिएको बताए । कोषले हलेसीमा पनि राहत रकम उपलब्ध गराइसकेको र भोलि बिहीबार खोटेहाङमा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    यसैबीच, स्थानीय युवाहरूको पहलमा संकलन गरिएको थप रकम पनि पीडितहरूलाई हस्तान्तरण गरिएको छ । बाराहापोखरीका युवाहरूले शुरू गरेको सहयोग संकलन अभियानबाट जम्मा भएको १ लाख १८ हजार रुपैयाँ पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

    सोही कार्यक्रममा बराहापोखरी गाँउपालिका १ का पहिरो पिडित भगवती मगरलाई बाराहापोखरी रेडक्रस सोसाइटीले ओढ्ने, ओछ्याउने, सिरानी, त्रिपाललगायत बन्दोबस्तीका आवश्यक सामाग्री उपलब्ध गराएको छ ।

    राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले आफ्नो गाँस काटेर पीडितहरूलाई विपतमा सहयोग गर्ने सबै सहयोगदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।

    अध्यक्ष बञ्जाराले भने “विपद्को यस घडीमा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले देखाउनुभएको एकता र सहयोगको भावनाले हामीलाई कृतज्ञ तुल्याएको छ, यसप्रति आभार प्रकट गर्दछु ।” गाँउपालिकाले आगामी दिनहरूमा यस्ता प्राकृतिक विपत्तिहरूबाट बच्न र त्यसको प्रभाव कम गर्न स्थानीय स्तरमा थप तयारी र जागरूकता अभियानहरू सञ्चालन गरिने अध्यक्ष बन्जराको भनाई छ ।

    सम्बन्धित समाचार