Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका पाँच श्रष्टा सम्मानित

    खोटाङका पाँच श्रष्टा सम्मानित


    • शनिवार, भाद्र १५ २०८१

    • नेपाल वाइड


    खोटाङका पाँच श्रष्टा सम्मानित

    खोटाङ, १५ भदौ । खोटाङका पाँच श्रष्टा सम्मानित भएका छन् । साहित्यकार विष्णु आभुषण, कृष्ण आचार्य, नरेन्द्र निर्विकार, एमसी सुमित र रेखा राई ‘क्षितिज’लाई सम्मान गरिएको हो । नेपाली साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पालिका अभिलेख प्रालि, काठमाडौंले पाँच श्रष्टालाई सम्मान गरेको हो । 

    शुभम फाउण्डेसनको सभाहलमा भदौ १५ गते आयोजित ‘पुस्तक चर्चा, सम्मान तथा पालिकाअभिलेख डटकम सार्वजनिक’ कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पाँच श्रष्टालाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् ।

    शुभद्रा मदन फाउण्डेसन र पालिका अभिलेख प्रालिको आयोजनामा भएको कार्यक्रममा डा. पुरन राईद्धारा लिखित उपन्यास ‘वसन्त रितु’ र नाटक संग्रह ‘लासमाथिको मानवता’को विषयमा चर्चा गरिएको छ । ‘लासमाथिको मानवता’का बारेमा एमसी सुमित र ‘वसन्त रितु’को बारेमा बेदीकुमार राईले समिक्षा गरेका थिए । ‘लासमाथिको मानवता’ र ‘वसन्त रितु’ २०८० सालमा प्रकाशित कृति हुन् ।

    सोही कार्यक्रममा पालिकाअभिलेख डटकम नामक न्युजपोर्टल सार्वजनिक गरिएको छ । ईन्फो पालिका प्रालिको मातहतमा प्रकाशन सुरु गरिएको पालिकाअभिलेख डटकमका सम्पादक स्वयं डा. राई छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा निवासी डा. राईको २०६१ सालमा कविता संग्रह ‘मेरो देशको भूगोल’, २०८० मा कोभिड डायरी ‘डरका बिम्बहरु’, कथा संग्रह ‘अस्तु’ लगायतका कृति प्रकाशित छन् ।

    सम्बन्धित समाचार