Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ७४ वर्षीय वृद्धालाई करणी गरेको कसुरमा प्रतिवादी पक्राउ

    ७४ वर्षीय वृद्धालाई करणी गरेको कसुरमा प्रतिवादी पक्राउ


    • आइतवार, भाद्र १६ २०८१

    • नेपाल वाइड


    ७४ वर्षीय वृद्धालाई करणी गरेको कसुरमा प्रतिवादी पक्राउ

    खोटाङ, १६ भदौ । खोटाङमा ७४ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको कसुरमा प्रतिवादी पक्राउ परेका छन् । भदौ १० गते वृद्धालाई बलात्कार गरेको कसुरमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ४१ वर्षीय नविन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    वृद्धालाई जवरजस्ती करणी गरेको भन्दै भदौ १४ गते आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा प्रतिवादीलाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए । भदौ १६ गते प्रतिवादी विरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    सम्बन्धित समाचार