Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    मुन्धुम ट्रेलमा प्रहरीको लामो दुरीको गस्ती

    मुन्धुम ट्रेलमा प्रहरीको लामो दुरीको गस्ती


    • बुधवार, भाद्र २६ २०८१

    • नेपाल वाइड


    मुन्धुम ट्रेलमा प्रहरीको लामो दुरीको गस्ती

    खोटाङ, २६ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले मुन्धुम ट्रेलमा ११३ किलोमिटर लामो गस्ती गरेको छ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको देउरालीबाट सुरु गरिएको प्रहरीको गस्ती मुन्धुम ट्रेल पार गर्दै साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको बादुङ पुगेर टुंग्याइएको छ । 

    police patrol at mundhum trail (i).jpg

    मुन्धुम ट्रेलमा प्रहरीको उपस्थिति देखाउँदै मुन्धुम ट्रेलको सुरक्षावस्था, मुन्धुम ट्रेलमा यात्रा गर्ने पर्यटकको सुरक्षा उपाय लगायतका बारेमा जानकारी लिएर भावी सुरक्षा रणनिती निर्माणका लागि गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । मुन्धुम ट्रेल पार गरेको गस्तीलाई जिल्लामा प्रहरीको हालसम्मै लामो गस्ती मानिएको छ । -भ्यूज अफ नेपाल 

    सम्बन्धित समाचार