Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका दुई पत्रकारलाई राष्ट्रिय दलित पत्रकार संघको सम्मान

    खोटाङका दुई पत्रकारलाई राष्ट्रिय दलित पत्रकार संघको सम्मान


    • मंगलवार, आश्विन १ २०८१

    • नेपाल वाइड


    खोटाङका दुई पत्रकारलाई राष्ट्रिय दलित पत्रकार संघको सम्मान

    खोटाङ, १ असोज । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल खोटाङ शाखाले दुई पत्रकारलाई सम्मान गरेको छ । दोश्रो जिल्ला अधिबेसन उद्घाटन–सत्रको अवसर पारेर संघले मंगलबार पत्रकार राजन ठटाल र कृष्णकला राईलाई जनही दुई हजार पाँच सयसहित सम्मान गरेको हो ।

    पत्रकारिताको माध्यमबाट समाज परिवर्तन एवं दलित शसक्तीकरणको क्षेत्रमा कलम चलाएर समतामुलक समाज निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संघले पत्रकार ठटाललाई सम्मान गरेको हो ।

    यस्तै, पत्रकारिताको माध्यमबाट समाज परिवर्तन र महिला शसक्तीकरणको क्षेत्रमा कलम चलाएर समतामुलक समाज निर्माणका लागि योगदान पुर्‍याएको भन्दै पत्रकार राईलाई सम्मान गरिएको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल खोटाङका अध्यक्ष सविना अछामेले बताईन् ।

    पत्रकारद्धयलाई प्रमुख अतिथिका रुपमा संघका प्रदेश उपाध्यक्ष गंगा बिश्वकर्मा, नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्री र वरिष्ठ पत्रकार कृष्ण आचार्यले नगद र सम्मान–पत्र प्रदान गरेका थिए ।

    राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुःन सविना

    अधिबेसनबाट पुःन सविना अछामे राष्ट्रिय दलित पत्रकार संघ, नेपाल खोटाङको अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । ११ सदस्यीय समितिको उपाध्यक्षमा लेख रम्तेल, सचिवमा बिष्णु उपरकोटी, सह–सचिवमा गेहेन्द्र बिश्वकर्मा कोषाध्यक्षमा सन्तोष बिश्वकर्मा चयन भएका छन् ।

    यस्तै, सर्मिला बिश्वकर्मा, गंगा बिश्वकर्मा, मिलन चाहार, पर्शुराम बिश्वकर्मा र राजन ठटाललाई सल्लाहकार चयन गरिएको संघले जनाएको छ । 

    सम्बन्धित समाचार