Logo
  • बुधवार, कार्तिक १२ २०८३Oct 28 2026

  • images
    images

    ह्याप्पी म्यारिज एनिभर्सरी प्रिया !

    ह्याप्पी म्यारिज एनिभर्सरी प्रिया !


    • बुधवार, आश्विन २ २०८१

    • युवराज रोईला


    ह्याप्पी म्यारिज एनिभर्सरी प्रिया !
    युवराज रोईला

    काठमाडौं, २ असोज । विवाह दुई आत्माबीचको मिलन हो । विवाहलाई दुई आत्माबीचको मिलनसँगै सात जन्मसम्म सँगै बाँच्न र सँगै मर्न बनाइएको पवित्र बन्धन पनि भनिन्छ । पश्चिमा देशहरुमा जस्तो नभई नेपालमा विवाह फरक तवरबाट गरिन्छ ।

    नेपाल बहुजाती, बहुभाषा, बहुधर्म र बहुसंस्कृति मान्ने मानिसहरुको साझा घर भएको भएर यहाँ विवाह आ–आफ्नो चलन अनुसार गरिन्छ । हिन्दूधर्म अनुसार नेपालमा कुनै पनि पुरुष औपचारिक वैवाहिक बन्धनमा बाँधिनु पूर्व उसका घरका अग्रज सदस्य र लमीको सहायताले महिलाको हात माग्न जानुपर्छ । केटा र केटीको सहमती भएपछि परिवारका प्रमुख व्यक्तिहरुको राय सल्लाहमा पण्डितको सहायतामार्फत विवाहको मिति तय गरिन्छ ।

    तय भएको उक्त मिति अगावै केटाले केटीलाई र केटीले केटालाई टिका लगाईदिएर केहि उपहार साटासाट गरेर मगनी (engagement) गरिन्छ । तत्पश्चात उक्त मितिमा केटीले केटालाई हातमा औँठी लगाइदिएर र केटाले पुजा विधिसँगै विधिपूर्वक केटीको सिउँदोमा सिन्दुर लगाईदिएपछि विधिवतरुपमा श्रीमान र श्रीमती कहलाउँछन् । अन्ततोगत्व यसलाई विवाह भनिन्छ ।

    नेपालमा कानून अनुसार केटा र केटीको विवाहको उपयुक्त उमेर २० वर्ष रहेको छ । कानून मुताबिक विवाह नगरे नेपालमा त्यस्तो विवाह गैर-कानूनी ठहर्छ । गैर-कानूनी विवाह गरेमा सरकारले त्यस्ता व्यक्तिको हकमा कानूनमा तोकिए बमोजिमको आवश्यक सजाय गर्ने प्रावधान रहेको छ । पछिल्लो एक दशकलाई सरसरती हेर्दा वर्षेनी बालविवाहको ग्राफ बढ्दो अवस्थामा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बालविवाहले निम्त्याएको जोखिम पनि उत्तिकै मात्रामा रहेको पाईन्छ ।

    सामान्यतयाः मानिस विवाह बन्धनमा बाँधिनुपूर्व विवाहलाई लिएर ऊभित्र अनेकन विचारहरुको बिजारोपण हुने गर्दछन् । मुलतः महिला तथा पुरुषहरुमा मेरो जीवन साथी आफुले भने अनुसार, चाहे अनुसार, सोचे अनुसार र खोजे अनुसार होस, जीवन जिउँनलाई सहजता प्रदान गरोस्, जीवनका हरेक दुःख र सुखका अनेकन मार्गहरुमा सारथी बनोस आदि ईच्छाहरु हुने गर्दछ । यो प्राणीहरुमा सर्वश्रेष्ठ मानिएको मानव जातीको विशेषता नै हो ।

    अन्ततः जसको फलस्वरुप मानिस विवाह बन्धनमा बाँधिन पुग्दछ । हाम्रो नेपाली समाजमा विवाहलाई, ‘एक रथकादुई पांग्रा’का रुपमा पनि चित्रण गर्ने चलन रहिआएको छ । विवाह प्रायः आमाबाबुको छनौट र व्यक्तिगत इच्छाबाट प्रभावित भएको हुन्छ ।

    यस्तै–यस्तै मानवीय स्वभावको बिजारोपणले हामिलाई पनि चोखो राख्न सकेन । हामी एक–अर्का बीचको असल जीवन साथी खोजीको तिरले हामी दुबैलाई घायल बनाएर छाड्यो । हामी दुबै समाजमा प्रत्येक दिन जसो घटित सम्बन्ध विच्छेद, बालविवाह, आत्महत्या, घरेलु हिंसा लगाएतका विषयमा नजिकबाट जानकार थियौँ ।

    जसले हामिलाई नराम्रो सँग प्रभाव पारेको थियो । जतिपनि सम्बन्ध विच्छेद, बालविवाह, आत्महत्या र घरेलु हिंसाहरु हुन्थे अधिकांश कलिलो उमेरमा विवाह, अपरिपक्वता र विवाहपूर्व एक–अर्काप्रति बुझाईको कमिले हुने गरेको सोसँग सम्वन्धित वार्षिक तथ्यांकहरुले पुष्टि गर्दथे ।

    जसको फलस्वरुप हामीले एक–अर्कालाई बुझ्नमा सात वर्ष समय खर्चियौँ । उमेको परिपक्वता सँगसँगै हामीले सबल र सक्षम जीवनयापनमा ध्यान दियौँ । जसको प्राप्तिका निम्ति मेहनत गर्‍यौँ । अन्ततोगत्वा हामी औपचारिक विवाह बन्धनमा बाँधिन पुग्यौँ । हामी दुबैले सात वर्षसम्म एक–अर्कालाई सतही बुझेर, असल खराब बानी, व्यवहारलाई सतही केलाएर विवाह गर्दा अहिले हामी दुबैलाई जीवन जीउन सहज भएको छ ।

    हामी सँगै दुबैको परिवार बीचमा पारस्परिक सम्बन्ध स्थापित भएको छ । हाम्रो नेपाली समाजमा मागी विवाह, प्रेम विवाह, भागी विवाह प्रचलनमा रहेका छन् । पहिल्लो समय सरकारले समलिंगी विवाहलाई समेत वैधता प्रदान गरेको छ । हामीले त एक–अर्कालाई छान्यौँ, बुझ्यौँ जसको फल स्वरुप बालविवाह, सम्बन्ध विच्छेद र घरेलु हिंसा रोक्नमा एक ईटा थप्न सफल भयौँ जस्तो महशुस गरेका छौँ । अब पालो तपाई व्याचलर युवायुवतीहरुको ।

    अन्तमाः एकअर्कालाई गहिरो ढङ्गले बुझेर कानूनले निर्धारण गरेको उमेरमा विवाह गरौँ, वालविवाह रोकौँ । वालविवाहबाट भविष्यमा हुने कानूनी झमेला तथा मातृशिशु स्वास्थ्यमा हुने स्वास्थ्य जोखिमबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ ।

    साथै यसै लेखमार्फत श्रीमतीजीलाई हाम्रो तेस्रो वैवाहिक वर्षगाँठको अगणित शुभकामना (ह्याप्पीथर्ड म्यारिज एनिभर्सरी) व्यक्त गर्दछु । (लेखक: नेपाल पत्रकार महासंघ शाखा, खोटाङका पूर्व सदस्य हुन् ।)

    सम्बन्धित समाचार