Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दुधकोसीमा बगेका युवा नभेटिएपछि फर्कियो गोताखोर

    दुधकोसीमा बगेका युवा नभेटिएपछि फर्कियो गोताखोर


    • बिहिवार, आश्विन १० २०८१

    • नेपाल वाइड


    दुधकोसीमा बगेका युवा नभेटिएपछि फर्कियो गोताखोर
    तस्बीरः टकेन्द्र राई

    खोटाङ, १० असोज । दुधकोसीमा वेपत्ता भएका युवा नभेटिएपछि शसस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । माछा मार्न गएका बेला असोज ६ गते साँझ दुधकोसीमा बेपत्ता बनेका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो । शसस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते आएको गोताखोरको टोली असोज ९ गते फर्किएको हो ।

    चिप्लिएर खुट्टाको चप्पल नदीले बगाउँदै गर्दा अँठ्याउन खोज्दा मगर मंगलटारमै पर्ने कुखुरेबेँसीबाट बगेर बेपत्ता बनेका थिए ।

    वर्षाका कारण नदीमा धमिलो आउँदा ‘भिजिविलिटी’ कम भएका कारण खोजी कार्य कठिन भएको भन्दै गोताखोरको टोली फर्किएको मंगलटारका वडाध्यक्ष गन राईले बताए । खोज गर्दा कुनै उपलव्धी प्राप्त नभएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । माछा मार्नका लागि मगर सहित आठ जनाको समुह दुधकोसी झरेका थिए । 

    सम्बन्धित समाचार