Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको नागीमा पहिरो खस्दा सडक अवरुद्ध, पहिरो पन्छाइदै

    खोटाङको नागीमा पहिरो खस्दा सडक अवरुद्ध, पहिरो पन्छाइदै


    • शुक्रवार, आश्विन ११ २०८१

    • नेपाल वाइड


    खोटाङको नागीमा पहिरो खस्दा सडक अवरुद्ध, पहिरो पन्छाइदै

    खोटाङ, ११ असोज । निरन्तरको वर्षाका कारण पहिरो खस्दा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिन यता निरन्तर परेको वर्षाका कारण हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको नागी भन्ने ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्ड अवरुद्ध भएको हो ।

    करिब ३५-४० मिटरमाथिबाट झरेको पहिरोले अन्दाजी २० मिटर सडक पुरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हाल सडक बिभागको जेसिभि प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए ।

    सम्बन्धित समाचार