शनिवार, आश्विन १२ २०८१
नेपाल वाइड
खोटाङ, १२ असोज । भिषण बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल बगाएको छ । २०७९ सालमा निर्माण गरिएको मोटरेबल पुल असोज १२ गते आएको बाढीले बगाएको हो । सुनकोसीमा आएको बाढीले फोक्सिङटारको पुल अपरान्ह बगाएको स्थानीय विकास राईले बताए ।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज बगाए पछि दुई जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ ।
गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत फोक्सिङटारमा ‘आर्क’ ब्रिज निर्माण गरिएको थियो ।