Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुनकोसीमा ४० वर्ष यताकै ठूलो बाढी, बंशिलाघाटमा पाँच घर डुवायो

    सुनकोसीमा ४० वर्ष यताकै ठूलो बाढी, बंशिलाघाटमा पाँच घर डुवायो


    • शनिवार, आश्विन १२ २०८१

    • नेपाल वाइड


    सुनकोसीमा ४० वर्ष यताकै ठूलो बाढी, बंशिलाघाटमा पाँच घर डुवायो

    खोटाङ, १२ असोज । सुनकोसीमा आएको बाढीले खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित बंशिलाघाटमा पाँच घर डुवाएको छ । असोज १२ गते आएको बाढीले बंशिलाघाटका प्रेमकुमार राई देवराज, तेजबहादुर खड्का, मानबहादुर खड्का, रुद्रबहादुर खड्का र गुन्जमान राईको घर डुवाएको हो । १० घर डुवानको जोखिममा परेको स्थानीय रुद्र बिष्टले बताए ।

    बाढीले वितण्डा मच्याएपछि बंशिलाघाटमा विपत्ती निम्तिएको छ । बाढीले सुनकोसी किनारमा रहेको खेलमैदान पनि पुरेको वडाध्यक्ष फौदराज राईले बताए । सुनकोसीमा ४० वर्ष यताकै ठूलो बाढी आएको हो ।

    यस्तै, खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटको झोलुङ्गे पुलमा क्षती पुर्‍याएको छ । कटानका कारण धाप्लाङघाटमा रहेको बस्ती जोखिममा परेपछि स्थानीयलाई अन्यत्र सारिएको छ । 

    सम्बन्धित समाचार