Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गाउँका विद्यार्थीलाई युवा व्यवसायी तामाङले दिए पोशाक

    गाउँका विद्यार्थीलाई युवा व्यवसायी तामाङले दिए पोशाक


    • सोमवार, आश्विन १४ २०८१

    • नेपाल वाइड


    गाउँका विद्यार्थीलाई युवा व्यवसायी तामाङले दिए पोशाक

    खोटाङ, १४ असोज । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका युवा व्यवसायी मनकुमार तामाङले विद्यार्थीलाई ट्रयाक–सुट वितरण गरेका छन् । काठमाडौंमा व्यवसाय गरिरहेका तामाङले आफ्नै जन्मथलोमा रहेको शान्ति आधारभुत विद्यालयमा अध्ययनरत छात्राछात्रालाई ट्रयाक–सुट प्रदान गरेका हुन् । विद्यालयका प्रअ उमेशकुमार बस्नेतको आग्रहमा व्यवसायी तामाङले १०३ जना विद्यार्थीका लागि विद्यालयको लोगो अंकित ट्रयाक–सुट उपलव्ध गराएका हुन् ।

    तामाङ शान्ति आधारभुत विद्यालयका पुर्वविद्यार्थी हुन् । तामाङले उपलव्ध गराएको ट्रयाक–सुट प्रमुख अतिथिका रुपमा वडाध्यक्ष किशोर बस्नेतको हातबाट विद्यार्थीलाई वितरण गरिएको छ । 

    dress for student_badahare (i).jpg

    शान्ति आधारभुत विद्यालयमा हाल ८५ जना विद्यार्थी अध्ययनरत छन् । तर नयाँ भर्ना हुन आउने विद्यार्थीलाई समेत लक्षित गर्दै व्यवसायी तामाङले १०३ सेट ट्रयाक–सुट प्रदान गरेका हुन् । प्राप्त ट्र्याक–सुट हरेक मंगलबार र शुक्रबार प्रयोग गर्नका लागि निर्णय गरिने प्रअ बस्नेतले बताए । तामाङले वर्षदिनसम्म विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई पुरस्कार स्वरुप प्रदान गरिने स्टेशनरी प्रदान गर्ने उद्घोष गरेका छन् ।

    विद्यालयले ट्रयाक–सुट उपलव्ध गराउने व्यवसायी तामाङ, उनकी आमा सुविमायाँ र श्रीमती निशा तामाङलाई सम्मान–पत्र सहित सम्मान गरेको छ । कार्यक्रममा विव्यास अध्यक्ष पदमबहादुर तामाङ लगायत उपस्थित थिए ।

    सम्बन्धित समाचार