Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी–जयराम सडक सुचारु

    हलेसी–जयराम सडक सुचारु


    • शनिवार, आश्विन १९ २०८१

    • नेपाल वाइड


    हलेसी–जयराम सडक सुचारु

    खोटाङ, १९ असोज । खोटाङको हलेसी–जयराम सडक सुचारु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा पहिरो खस्दा असोज १७ गते रातीदेखि हलेसी–जयराम सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक पहिरो पन्छाएर असोज १९ गते बिहानदेखि सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।

    वर्षाका कारण हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

    नगरपालिकाले दुई वटा जेसिभि जुटाएर पहिरो पन्छाएको हो । दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा अलपत्र परेका थिए ।

    सम्बन्धित समाचार