Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मात्तिममा गोरेटो बाटो मर्मत

    मात्तिममा गोरेटो बाटो मर्मत


    • बुधवार, आश्विन २३ २०८१

    • नेपाल वाइड


    मात्तिममा गोरेटो बाटो मर्मत

    खोटाङ, २३ असोज । दशैंतिहार नजिकिदै गर्दा खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका स्थानीयले अन्तरपालिका जोड्ने गोरेटो बाटो मर्मत गरेका छन् । दशैं र तिहारको अवसर पारेर स्थानीय त्रिशक्ती एकता क्लवको अगुवाईमा तावा खोलादेखि दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी आवत–जावत गर्ने गोरेटो बाटो मर्मत गरिएको हो ।

    गोरेटो बाटो मर्मतका क्रममा ४०/४५ जना स्थानीयले श्रमदान गरेको क्लवका यामकुमार खड्काले जानकारी दिए । क्लवमा आवद्ध स्थानीय एवं दशैं तिहार मनाउन स्वदेश तथा विदेशबाट गाउँ आएका युवाको जमघट भएपछि करिब २ किलोमिटर बाटो मर्मत गरिएको हो ।

    सम्बन्धित समाचार