Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एमाले खोटाङको सामूहिक श्रमदानः ग्रामीण सडक मर्मत सुरु

    एमाले खोटाङको सामूहिक श्रमदानः ग्रामीण सडक मर्मत सुरु


    • शुक्रवार, मंसिर ७ २०८१

    • नेपाल वाइड


    एमाले खोटाङको सामूहिक श्रमदानः ग्रामीण सडक मर्मत सुरु
    सामूहिक श्रमदानमार्फत ग्रामीण सडक मर्मत गर्दै एमाले खोटाङका नेता तथा कार्यकर्ताहरु ।

    खोटाङ, ७ मंसिर । खोटाङको दिपू्रङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमालेखोटाङले सामूहिक श्रमदानमार्फत ग्रामीण सडक मर्मतको कार्य सुरु गरेको छ । वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने वडा नं. ५ स-छितापोखरीस्थित तृतीयाभञ्ज्याङदेखि वडा नं. ६ छितापोखरीबजारसम्मको सडक खण्ड मर्मतको लागि पाँच दिने सामुहिक श्रम शिविर सञ्चालन गरेको हो ।

    एमाले गाउँपालिका कार्यसमिति अध्यक्ष मनोज राईका अनुसार दश हजार बराबरको औजार खरिद गरी सडक मर्मत, सरसफाइ र नाली निर्माणको काम थालिएको बताए ।

    श्रम शिविरमा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका निवर्तमान सामाजिक विकासमन्त्री उषाकला राई, जिल्ला कार्यसमितिका निवर्तमान अध्यक्ष रामप्रसाद दङ्गाल र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईलगायतको टोली श्रमदानमा खटिएका छन् । पहिलो दिन बिहीबार तृतीयाभञ्ज्याङबाट सुरु गरिएको श्रमदानमा एमालेका ७५ जना नेता–कार्यकर्ता सहभागी भएका थिए ।

    एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यसमिति सदस्य सुपेन्द्र राईले करिब सात किलोमिटर सडक मर्मत गर्ने लक्ष्य राखिएको जानकारी दिएु । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित रसुवाघाटबाट वडा नं. ४ बतासे हुँदै पञ्चमीबजार र भोजपुर जोड्ने यो सडक मर्मत अभावमा पटक–पटक अवरुद्ध हुँदै आएको थियो ।

    शुक्रबारदेखि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म श्रम शिविर सञ्चालन गरिने तयारी गरिएको छ । श्रम शिविरमा स्थानीयवासी पनि स्वतःस्फूर्त रूपमा सहभागी भएका छन् । सहभागीहरूलाई स्थानीय उत्पादित खाजाको व्यवस्था गरिएको छ ।  

    सम्बन्धित समाचार