Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दुई गाउँपालिका जोड्ने बुवाँखोलामा १७ करोडको मोटरेबल पुल निर्माण सुरु

    दुई गाउँपालिका जोड्ने बुवाँखोलामा १७ करोडको मोटरेबल पुल निर्माण सुरु


    • शुक्रवार, मंसिर ७ २०८१

    • नेपाल वाइड


    दुई गाउँपालिका जोड्ने बुवाँखोलामा १७ करोडको मोटरेबल पुल निर्माण सुरु
    बुवाँखोलामा निर्माण हुने मोटरेबल पक्की पुलको शिलान्यास कार्यक्रम ।

    खोटाङ, ७ मंसिर । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाबीचको आवागमनलाई सहज बनाउन बुवाँखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ ।

    कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार पुलको शिलान्यास गरेका हुन् । जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानस्थित मैनाटार र बराहपोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने १४८ मिटर लामो यो पुल मूल्य अभिवृद्धि कर र पिएससहित रु १७ करोड ५८ लाख ७९ हजार ७२९ मा निर्माण हुनेछ ।

    जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरले पुल निर्माणको जिम्मा लिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । “मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउनेछ । कुनै बहानामा पुल निर्माणमा ढिलाइ हुनु हुँदैन,” उनले भने ।

    प्रादेशिक सडक पुल सहयोग एकाई, इटहरीको प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत पुल निर्माण हुन लागेको जन्तेढुङ्गा गाउँपालिकाकी प्रमुख अरुणादेवी राईले बताईन् ।

    निर्माण कम्पनीले २०८३ कात्तिक २१ गतेसम्म काम सम्पन्न गर्ने गरी २०८१ वैशाख ३० गते ठेक्का सम्झौता गरेको छ । पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार बुवाँखोलामा निर्माण हुने प्रि-स्ट्रेस्ड आरसिसि मोटरेबल पक्की पुलको ओपन फाउण्डेसन हुनेछ ।

    शिलान्यास कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमी राजवंशी, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख राई, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जरा लगायतको उपस्थिति थियो ।

    दिक्तेल–खोटाङबजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देविस्थान-मैनाटार-पौवासेरा सडकखण्डमा पर्ने बुवाँखोलामा हालसम्म पक्की पुल नहुँदा वर्षायाममा भलबाढी आउँदा आवतजावत ठप्प हुने गरेको छ ।

    पुल निर्माण सम्पन्न भएपछि दुई गाउँपालिकाबीचको यातायात सेवा वर्षभरि सुचारु हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको यो पुल निर्माणले क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

    बुवाँखोलामा मोटरेबल पक्की पुलको शिलान्यास कार्यक्रम । तस्बिरहरुः बाजिन्द्र विष्ट

    बुवाँखोलामा मोटरेबल पक्की पुलको शिलान्यास गर्नुहुदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमी राजवंशी, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख अरुणादेवी रा.jpgnnn.jpgyyy.jpg233.jpg

    सम्बन्धित समाचार