Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मंगलटार वडा कार्यालयद्वारा नयाँ भवनबाट सेवा प्रवाह सुरु

    मंगलटार वडा कार्यालयद्वारा नयाँ भवनबाट सेवा प्रवाह सुरु


    • आइतवार, मंसिर ९ २०८१

    • नेपाल वाइड


    मंगलटार वडा कार्यालयद्वारा नयाँ भवनबाट सेवा प्रवाह सुरु
    हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयको सुविधासम्पन्न नयाँ प्रशासनिक भवन ।

    खोटाङ, ९ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयले सुविधासम्पन्न नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले विनियोजन गरेको ८७ लाख रुपैयाँको बजेटबाट निर्मित दुई तले आरसिसि नयाँ भवनबाट सेवा सुरु गरेको हो ।

    शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री भुपेन्द्र राईले वडा भवनको उद्धघाटन गरेसँगै प्रकासनिक भवन संञ्चालनमा ल्याइएको उपमेयर रमेश राउतले जानकारी दिए ।

    हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेश राउत, मंगलटारका वडाध्यक्ष गन राई वडा सदस्यहरुलगायत वडाबासीहरुको उपस्थितिमा भवन उद्घाटन गरिएको हो । यसअघि वडा कार्यालय मंगलटार गाविसको पुरानो मर्मत गरिएको भवनबाट सञ्चालन हुँदै आएको थियो ।

    नगरपालिकाका ११ वडामध्ये मंगलटारसहित ६ वटा वडा कार्यालयको आरसिसि भवन निर्माण सम्पन्न भइसकेको छ भने वडा नम्बर ४ बडहरेको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    वडा नम्बर ११ राजापानीको भवन निर्माणको काम पनि सुरु भइसकेको जनाइएको छ । नयाँ भवन निर्माणसँगै सेवा प्रवाहमा थप सहजता हुने र सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार