शनिवार, मंसिर १५ २०८१
नेपाल वाइड
खोटाङ, मंसिर १५ । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङको अध्यक्षमा शरद राई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको दोस्रो साधारणसभा तथा अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षद्वयमा बिशाल राई र गौतम राई, महासचिवमा बिरेन गुरुङ, सचिवमा रनजङ राई र कोषाध्यक्षमा सावित्रा बास्तोला दाहाल रहेका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई (महेश)को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । नेर्पा स्पोर्टस क्लब खोटाङको खेलकुद विकासमा सक्रिय संस्थाका रूपमा परिचित छ।
पुनः निर्वाचित अध्यक्ष राईले आगामी कार्यकालमा क्लबको थप सुदृढीकरण र जिल्लाको समग्र खेलकुद विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्लबले विभिन्न खेल प्रतियोगिताको आयोजना र खेलाडी विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रमाणपत्र ग्रहण गर्नुुहुदै क्लबका अध्यक्ष शरद राईलगायत ।