आइतवार, पौष १४ २०८१
नेपाल वाइड
खोटाङ, १४ पुस । नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा गएराति सम्पन्न नवौँ जिल्ला अधिवेशनले दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका तामाङको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा खुला उपाध्यक्षमा चिरञ्जिवी आचार्य, समावेशी उपाध्यक्षमा भूपध्वज खत्री र महिला उपाध्यक्षमा ओमसरा राई रहेका छन् । यसैगरी, सचिवमा सुमन बास्तोला, सह–सचिवमा गिरिराज रानामगर र कोषाध्यक्षमा नवराज कटवाल निर्विरोध चयन भएका छन् ।
समितिको खुला सदस्यहरूमा डिल्लीप्रसाद ढकाल, खगेश्वर बञ्जारा, भोजराज आचार्य, महेश मिश्र र सन्तोष दाहाल रहेका छन् । महिला सदस्यद्वयमा कल्पना शर्मा र समिक्षा आचार्य तथा समावेशी सदस्यमा सुवास राई चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष तामाङका अनुसार समितिका अन्य तीन जना सदस्य पछि मनोनयन गरिनेछ ।

प्रदेश प्रतिनिधि चयनतर्फ पाँच जना प्रदेश प्रतिनिधिमध्ये चन्द्रमाया राई निर्विरोध चयन भइन् । बाँकी चार स्थानका लागि भएको निर्वाचनमा योगेश श्रेष्ठ (८४ मत), रविनकुमार फुयल (८० मत), विवेक पराजुली (७४ मत) र नवराज रिजाल (६५ मत) निर्वाचित भएका छन् । यस निर्वाचनमा किरण राई र विज्ञान राउतले क्रमशः ४० र ३७ मत प्राप्त गरी पराजित भएका छन् ।
यस्तै महाधिवेशन प्रतिनिधि चयनतर्फ जानुका श्रेष्ठ निर्विरोध चयन भइन् । अन्य चार स्थानका लागि भएको निर्वाचनमा प्रकाश घिमिरे (१०४ मत), रमेश पोखरेल (१०० मत), खेमराज आचार्य (७९ मत) र रामकुमार राई (७८ मत) सहित विजयी भएका छ् ।
विकास राईले ४४ मत प्राप्त गरी पराजित भएका छन् । कुल १६९ मतदातामध्ये १२५ जनाले मतदान गरेका थिए । नेपाली काँग्रेसको भातृ संगठनको रूपमा रहेको युनियनको जिल्ला अधिवेशनको उद्घाटन युनियनका केन्द्रीय सचिव सान्तराज राईले गर्नुभएको थियो ।