Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा ज्येष्ठ पत्रकारका लागि ‘पत्रकार पेन्सन कोष’ स्थापना गरिने

    खोटाङमा ज्येष्ठ पत्रकारका लागि ‘पत्रकार पेन्सन कोष’ स्थापना गरिने


    • बुधवार, माघ २ २०८१

    • नेपाल वाइड


    खोटाङमा ज्येष्ठ पत्रकारका लागि ‘पत्रकार पेन्सन कोष’ स्थापना गरिने

    खोटाङ, २ माघ । नेपाल पत्रकार महासंघ शाखा खोटाङले ७० वर्षमाथिका पत्रकारलाई मासिक पेन्सन उपलब्ध गराउन ’पत्रकार पेन्सन कोष’ स्थापना गर्ने भएको छ । दिक्तेलस्थित महासंघको कार्यालयमा मंगलबार बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

    पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यका अनुसार जिल्लामा क्रियाशील पत्रकारहरूलाई पत्रकारिता पेशामै टिकाइराख्न कोषको स्थापना गर्न लागिएको हो ।  पत्रकारिता सरकारको प्रतिपक्षी पेशा भएकाले निष्पक्ष पत्रकारिता गर्ने पत्रकारलाई सरकारले कुनै सेवासुविधा नदिएको उनको भनाइ छ ।

    “पत्रकारले खबरदारी नगरेको खण्डमा सरकार निरंकुश बन्छ । नागरिकको आवाज सरकारसम्म र सरकारको निर्णय नागरिकसम्म पुर्‍याउने पत्रकारलाई पेशामै टिकाइराख्न पेन्सन कोष आवश्यक छ, “अध्यक्ष आचार्यले भने ।

    कोष सञ्चालनका लागि कार्यविधि निर्माण गर्न महासंघका तीन पूर्वअध्यक्ष डम्बरसिं राई, दमन राई र दिलीप खत्रीलाई जिम्मेवारी दिइएको महासंघका सचिव राजकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पत्रकार विपद् व्यवस्थापन कोषलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ ।

    यसअघि कोषका लागि सहयोग गर्ने घोषणा गरेका व्यक्तिहरूलाई १५ दिनभित्र रकम जम्मा गर्न आग्रह गरिएको छ । त्यसैगरी जिल्लाका सबै स्थानीय तह र सरकारी कार्यालयका विज्ञापन तथा सूचना जिल्लाकै सञ्चारमाध्यम र एजेन्सीमार्फत प्रकाशन–प्रसारण गर्न अनुरोध गर्ने निर्णय भएको छ । साथै यसै वर्ष पत्रकारितामा आउन चाहनेका लागि आधारभूत पत्रकारिता तालिम आयोजना गर्ने योजना छ ।

    हाल भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको महासंघले आफ्नै कार्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्ने भएको छ । भवन निर्माणका लागि संघिय सरकारसँग पनि आवश्यक पहल गरिने विज्ञप्तिमा जनाइएको छ ।

    सम्बन्धित समाचार