Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरी गाउँपालिकाद्वारा नयाँ प्रशासनिक भवनबाट सेवा शुरु

    बराहपोखरी गाउँपालिकाद्वारा नयाँ प्रशासनिक भवनबाट सेवा शुरु


    • शुक्रवार, माघ ११ २०८१

    • नेपाल वाइड


    बराहपोखरी गाउँपालिकाद्वारा नयाँ प्रशासनिक भवनबाट सेवा शुरु
    नवनिर्मित प्रशासनिक भवनको उद्ध्घाटन गर्नुहुदै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईलगायत अतिथिहरु ।

    खोटाङ, ११ माघ । खोटाङको बराहपोखरी गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । बाघखोर भञ्ज्याङमा निर्मित चार तले भवनको उद्घघाट्न कोशी प्रदेश सरकारका मन्त्री भुपेन्द्र राईद्वारा शुक्रबार गरिएको थियो ।

    गाउँपालिका र संघीय सरकारको संयुक्त लगानीमा रु. ६ करोड १० लाखमा निर्मित यो भवनले स्थानीय तहको सेवा प्रवाहलाई थप व्यवस्थित र सुविधाजनक बनाएको छ । गाउँपालिका प्रमुख शालिकराज बञ्जराले संघीय सरकारले पूर्ण रकम उपलब्ध नगराएपछि गाउँपालिकाले थप १५ प्रतिशत लगानी गरी भवन निर्माण सम्पन्न गरेको जानकारी दिए ।

    गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले गर्नुभएको छ । विभिन्न जातजातिको साँस्कृति झाँकीसहित मन्त्री राईले रिवन काटेर भवन उद्धघाटन गरेका हुन् । भवनमा प्रत्येक तलामा छुट्टाछुट्टै कोठाहरू र महिला तथा पुरुषका लागि अलग–अलग सौचालय रहेका छन् ।

    गाउँपालिकाका इन्जिनियर हिमाल कार्कीका अनुसार, भूइँतल र पहिलो तलामा ६–६, दोस्रो तलामा ७ र तेस्रो तलामा सभाहल सहित ३ कोठाहरू रहेका छन् । खोटाङ जिल्लाका अन्य स्थानीय तहहरूमा पनि प्रशासनिक भवन निर्माणको काम जारी छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन पहिलेनै सम्पन्न भइसकेको छ भने रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

     

    सम्बन्धित समाचार