आइतवार, माघ १३ २०८१
नेपाल वाइड
खोटाङ, १३ माघ । प्रेस चौतारी नेपाल खोटाङको छैटौँ जिल्ला अधिवेशनबाट राजन ठटाल अध्यक्षमा चयन भएका छन् । चौतारीको पाँचौँ अधिवेशनमा उपाध्यक्ष रहेका ठटाल छैटौ अधिवेशनबाट संंगठनको प्रमुख नेतृत्वमा निर्वाचित भएका हुन् ।
दिक्तेलस्थित होटल शुभदिनमा सम्पन्न अधिवेशनले पवन राईलाई उपाध्यक्ष, अस्मिता खत्रीलाई महिला उपाध्यक्ष, सन्तोष पौडेललाई सचिव, प्रतिरोध आचार्यलाई सह–सचिव र लक्ष्मी अधिकारीलाई कोषाध्यक्ष चयन गरेको छ ।
एघार सदस्यीय जिल्ला कार्यसमितिमा टिवन राई, प्रमेश ढकाल, भुवन कटवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ सदस्य निर्वाचित भएका छन् । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सह–ईन्चार्ज हरिवोल आचार्यले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपणीयताको शपथ गराएका छन् ।
यसैबीच, अधिबेसनकै अबशरमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ’पीके’ र तीन प्रमुख पत्रकारहरूलाई सम्मान गरेको छ । जिल्लाका अग्रज पत्रकारहरू दिलिप खत्री, दमन राई र केदार मगरलाई सम्मान गरिएको चौतारीका निवर्तमान अध्यक्ष सीताराम राई ‘सञ्जिव’ले जानकारी दिए ।
सम्मानित मन्त्री तथा पत्रकारहरुलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकला राई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सह–ईन्चार्ज तथा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्य लगायतले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
पोलिटब्यूरो सदस्य भट्टराई, सामाजिक विकासमन्त्री राई, पूर्वमन्त्री उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, प्रदेश समिति सदस्य विणादेवी राई, एमाले खोटाङका जिल्ला अध्यक्ष देवबिक्रम राई, चौतारीका केन्द्रीय सदस्य एवम् प्रदेश सह–ईन्चार्ज आचार्य, प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईँ, प्रेस सेन्टर नेपाल खोटाङका अध्यक्ष सविना अछामे परियार लगायतले शुभकामनासहित सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह गरेका छन् ।

सम्मानित हुनुभएका जिल्लाका अग्रज पत्रकारहरू क्रमस दमन राई, केदार मगर र दिलिप खत्री ।