Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाठेघरको क्यान्सर विरुद्ध १० हजार किशोरीलाई खोप लगाइने

    पाठेघरको क्यान्सर विरुद्ध १० हजार किशोरीलाई खोप लगाइने


    • सोमवार, माघ २१ २०८१

    • नेपाल वाइड


    पाठेघरको क्यान्सर विरुद्ध १० हजार किशोरीलाई खोप लगाइने
    अभियानबारे सरोकारवाला निकायलाई जानकारी गराउनुहुदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाई ।

    खोटाङ, माघ २१ । खोटाङ जिल्लाका १० वर्षदेखि १४ वर्ष उमेर समूहका करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । माघ २२ गतेदेखि फागुन २७ गतेसम्म सञ्चालन हुने खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । 

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाईका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ ।  “पाठेघरको मुख क्यान्सर हुन नदिन खोप लगाउनु एक मात्र उपाय भएकाले कुनै पनि किशोरी खोपबाट वञ्चित हुन नहुने” उनले बताए ।

    जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईका अनुसार खोप अभियान सम्पन्न गर्न २७४ खोप केन्द्रमा ५४८ स्वयंसेवक र १०१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माघ २२ देखि २६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

    त्यस्तै खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा माघ २३ गतेदेखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले आइतबार सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रम आयोजना गरी खोप अभियानबारे जानकारी दिएको छ ।

    सम्बन्धित समाचार