शनिवार, फाल्गुण ३ २०८१
नेपाल वाइड
खोटाङ, ३ फागुन । गैरसरकारी संस्था महासंघ खोटाङको अध्यक्षमा युवराज रिजाल दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । महासंघको सातौँ जिल्ला अधिवेशनले रिजाल नेतृत्वको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा गीता थापा, सचिवमा दानबहादुर राई, उपसचिवमा पार्वती आचार्य र कोषाध्यक्षमा कञ्चन परियार चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा उर्मिला पोखरेल आचार्य, निरकाजी आचार्य, भक्त विश्वकर्मा, निलु थुलुङ, कमला घिमिरे, प्रेम श्रेष्ठ, सुवती राई र सुवासचन्द्र आचार्य चयन भएका छन् । जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा आयोजित अधिवेशनको उद्घाटन कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ले गरेका थिए ।