Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    उदयपुरकी सुमी पोखरेलले जितिन् राष्ट्रिय खुल्ला कविता प्रतियोगिताको उपाधि

    उदयपुरकी सुमी पोखरेलले जितिन् राष्ट्रिय खुल्ला कविता प्रतियोगिताको उपाधि


    • आइतवार, चैत्र ३१ २०८१

    • नेपाल वाइड


    उदयपुरकी सुमी पोखरेलले जितिन् राष्ट्रिय खुल्ला कविता प्रतियोगिताको उपाधि
    खुल्ला कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी उदयपुरकी कवि सुमी पोखरेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुहुदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई ।

    खोटाङ, ३१ चैत्र । खोटाङको दिप्रुङ चुईचुम्मा प्राज्ञिक समाजले आयोजना गरेको राष्ट्रिय खुल्ला कविता प्रतियोगितामा उदयपुरकी कवि सुमी पोखरेलले प्रथम स्थान हासिल गरेकी छन् ।

    दिप्रुङ चुईचुम्मा गाँउपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा देशभरबाट प्राप्त ६७ वटा कविता मध्येबाट पोखरेलको कविता सर्वोत्कृष्ट ठहरिएको हो ।

    शनिबार दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समग्र कविताहरू मध्ये छानिएका १५ वटा कविता वाचन गरिएको थियो । भौगोलिक विकटताका कारण केही कविहरू वाचनका समयमा उपस्थित हुन नसकेको आयोजकले जनाएको छ ।

    we.jpg

    प्रतियोगितामा धनकुटाका भरत थापाले दोस्रो स्थान हासिल गरेका छन् भने खोटाङ जिल्ला केपिलासगढीका अनाम उपेक्षित तेस्रो स्थानमा रहेका छन् । यसैगरी सिन्धुलीका रुपक जमरा र धनकुटाका अनिल सुवेदीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    प्राज्ञिक समाजकी सचिव आस्था कोपिलाका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने कविहरूले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५–५ हजार रुपैयाँको पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

    पुरस्कृत कविहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । देशव्यापी रूपमा आयोजित यस खुल्ला प्रतियोगितामा कास्की, रुपन्देही, मकवानपुर, सिन्धुली, धनकुटा, ओखलढुँगा, काठमाडौँ र उदयपुरलगायत ११ वटा जिल्लाका कविहरूले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

    सम्बन्धित समाचार