Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वाइसिएल दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिको अध्यक्षमा रम्तेल चयन

    वाइसिएल दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिको अध्यक्षमा रम्तेल चयन


    • शुक्रवार, बैशाख १२ २०८२

    • नेपाल वाइड


    वाइसिएल दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिको अध्यक्षमा रम्तेल चयन
    लेखबहादुर रम्तेलको अध्यक्षतामा निर्बाचित वाईसिएल नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि खोटाङका पदाधिकारीहरुलगायत ।

    खोटाङ, १२ बैशाख । वाईसिएल नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि खोटाङको अध्यक्षमा लेखबहादुर रम्तेल चयन भएका छन् । नेकपा (माओवादी केन्द्र)को सहायक युवा संगठन योङ कम्युनिस्ट लिग वाइसिएल नगरकमिटिको दोस्रो सम्मेलनले रम्तेलको अध्यक्षमा ३१ सदस्यीय नगर कमिटि गठन सर्वसम्मत निर्वाचित गरेको हो ।

    दिक्तेलमा शुक्रबार सम्पन्न सम्मेलनले वाइसिएल नगर कमिटिको उपाध्यक्षमा ज्ञानेन्द्र बिक र सावित्रा बास्तोला निर्वाचित भएका छन् । त्यसैगरी, संगठनको सचिवमा सुरेन्द्र राई चयन भएका छन् भने सह–सचिवमा विवेक राई, बिन्द्र किराती र गणेश रोका चयन भएका छन् ।

    रोजिना कार्कीले कोषाध्यक्षको जिम्मेवारी पाएकी छिन् । वाइसिएलका केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले उक्त सम्मेलनको उद्घाटन गरेका थिए । यसअघि सम्मेलन शुरु हुनुअघि वाइसिएलका नेताकार्यकर्ताहरूले दिक्तेल बजारमा जुलुस निकालेका थिए ।

    pp.jpgoo.jpg

    सम्बन्धित समाचार