Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वाईसियल नेपाल खोटाङको अध्यक्षमा भुपेन्द्र किँराती चयन

    वाईसियल नेपाल खोटाङको अध्यक्षमा भुपेन्द्र किँराती चयन


    • बुधवार, बैशाख २४ २०८२

    • नेपाल वाइड


    वाईसियल नेपाल खोटाङको अध्यक्षमा भुपेन्द्र किँराती चयन
    (वाईसिएल)नेपाल खोटाङको पहिलो जिल्ला सम्मेलनले सर्वसम्मत निर्बाचित गरेको भूपेन्द्र किराती नवनिर्वाचित जिल्ला कार्यसमिति ।

    खोटाङ, २४ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती सर्वसम्मत रूपमा चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपाल खोटाङको बुधबार राति सम्पन्न प्रथम जिल्ला सम्मेलनले किरातीलाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा चेवन बुधाथोकी, जीवनज्योति राई र मिनाकुमारी घिमिरे (बुधाथोकी), सचिवमा सुजेन राई, सहसचिवमा विजय राई र राजेश प्रधान तथा कोषाध्यक्षमा बुद्धिकुमार राई चयन हुनुभएको छ ।

    नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई वाईसिएल नेपालका केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला इन्चार्ज शुभलाल राई ‘आदेश’ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    वाईसिएल नेपाल खोटाङको ५५ सदस्यीय जिल्ला कार्यसमितिमा एकजना महिला सहसचिवको पद भने खाली राखिएको जनाइएको छ । खाली राखिएको पदमा जन्तेढुङ्गा गाउँपालिकाका वाईसिएल प्रतिनिधिबाट पदपूर्ति गरिने नवनिर्वाचित जिल्ला अध्यक्ष किरातीले जानकारी दिए ।

    वाईसिएल नेपाल खोटाङको नवनिर्वाचित जिल्ला कार्यसमितिको सदस्यहरू जिल्लाका दशवटै स्थानीय तहका प्रतिनिधिहरू समेटेर चयन गरिएको जनाइएको छ । वाईसिएल नेपाल खोटाङको नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठक भोलि (बिहीबार) बिहान दिक्तेल बजारस्थित शहीद दिलकाजी–ठूलकुमार स्मृति भवन दिक्तेलमा बस्ने जिल्ला अध्यक्ष किरातीले जानकारी दिए ।

    दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा आयोजित जिल्ला सम्मेलनको उद्घघाटन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्व सांसद् टंक राईले गर्नुभएको थियो ।

    उद्घघाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य एवम् वाईसिएल खोटाङका फ्रयाक्सन इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री, प्रदेश उपाध्यक्ष देवान किराती ’पृथ्वी’ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता राईले देश बनाउने जिम्मा वाईसिएल नेपालको काँधमा आएको बताउनुभएको छ । “वाईसिएल नेपाल माओवादी केन्द्रको प्रमुख भातृ संस्था हो । देशलाई कता लैजाने हो त्यो जिम्मा युवाको हातमा छ । देश बचाउने जिम्मा माओवादी केन्द्रले मात्र लिन सक्छ”, नेता राईले भन्नुभयो, “वाईसिएल नेपालले देश र जनताको भलाइ हुने किसिमको गतिविधि गर्नुपर्छ । अन्यथा देश बर्बादीतर्फ जान्छ । यसतर्फ सचेत हुन आवश्यक छ ।” वाईसिएल खोटाङका निवर्तमान अध्यक्ष किसान राई ’दोबालिछा’को अध्यक्षतामा भएको उद्घघाटनसत्रमा नेपाल तरुण दल खोटाङका जिल्ला अध्यक्ष काजीमान राई, युवा संघ नेपाल खोटाङका सचिव सविन राई ‘विज्ञान’ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मेलन उद्घघाटनअघि दिक्तेल बजारमा नारा/जुलुससहित मोटरसाइकल र्‍याली निकालिएको थियो ।

    सम्बन्धित समाचार