Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रेस सेन्टर नेपाल खोटाङद्वारा सञ्चारमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्रः पत्रकारको हित र सुरक्षाका लागि विशेष व्यवस्थाको माग

    प्रेस सेन्टर नेपाल खोटाङद्वारा सञ्चारमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्रः पत्रकारको हित र सुरक्षाका लागि विशेष व्यवस्थाको माग


    • आइतवार, बैशाख २८ २०८२

    • नेपाल वाइड


    प्रेस सेन्टर नेपाल खोटाङद्वारा सञ्चारमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्रः पत्रकारको हित र सुरक्षाका लागि विशेष व्यवस्थाको माग
    प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेमार्फत सञ्चारमन्त्रीलाई बुझाउदै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य केदार मगर जिल्ला अध्यक्ष सविना अछामेलगायत ।

    खोटाङ, २८ वैशाख । प्रेस सेन्टर नेपाल खोटाङले पत्रकारहरूको हक, हित र अधिकारको रक्षाका लागि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    पत्रकारको हत्या, भौतिक आक्रमण, सञ्चार गृहमाथि आक्रमण र पत्रकारको पेसागत असुरक्षाका घटनाहरूले प्रेस स्वतन्त्रता संकुचित भइरहेको जनाउँदै उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेमार्फत सञ्चारमन्त्री गुरुङलाई बुझाइएको हो ।

    प्रेस सेन्टर खोटाङका जिल्ला अध्यक्ष सविना अछामेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विभिन्न महत्वपूर्ण मागहरू समावेश गरिएका छन् । पत्रकारको हत्यारालाई कडा कारबाही गर्नुपर्ने, सञ्चारसम्बन्धी कानूनहरू प्रेसमैत्री हुनुपर्ने र पत्रकारको पेसागत तथा भौतिक सुरक्षा सुनिश्चित गर्नुपर्ने माग रहेका छन् ।

    साथै, आस्थाका आधारमा सरकारी सञ्चार संस्थाबाट पत्रकारलाई हटाउन नहुने, सहिद र बेपत्ता पत्रकारको नाममा कोषको स्थापना गर्नुपर्ने, घाइते पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने र सरकारी अस्पतालहरूमा पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिनुपर्ने जस्ता महत्ववपूर्ण मागहरू पनि समावेश गरिएका छन् ।

    संघ, प्रदेश र स्थानीय सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाउने घोषित कार्यक्रम अनुसार नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको अध्यक्ष अछामेले जानकारी दिईन् । प्रेस सेन्टरले यसभन्दा अघि गत चैतमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट जारी गरिएको काठमाडौं घोषणापत्र पनि सरकारलाई हस्तान्तरण गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले प्रेस सेन्टरका मागहरू सम्बन्धित निकायमा पु¥याउन र यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न भएको छ ।

    सम्बन्धित समाचार