Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका बराहपोखरी र खोटेहाङ गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता’ क्षेत्र घोषणा

    खोटाङका बराहपोखरी र खोटेहाङ गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता’ क्षेत्र घोषणा


    • बिहिवार, जेठ २९ २०८२

    • नेपाल वाइड


    खोटाङका बराहपोखरी र खोटेहाङ गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता’ क्षेत्र घोषणा
    गाउँपालिका अध्यक्ष सालिकराम बन्जारालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुहुदै जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ ।

    खोटाङ, २९ जेठ । खोटाङ जिल्लाका दुई बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जेठ २६ गते खोटेहाङ र २७ गते बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

    जन्मेदेखि १५ महिनामुनिका १७४ जना बालबालिकाले हालसम्मको सबै खोप लगाएका छन् । यस्तै, १६ महिनादेखि ५९ महिनासम्मका ४५३ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमित खोप लगाईएको सुनिश्चित भएको छ ।

    पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणासँगै जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका अध्यक्ष सालिकराम बन्जारालाई हस्तान्तरण गरेका छन् ।

    यस्तै, खोटेहाङ गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेको छ । यस गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका २१२ जना बालबालिकाले हालसम्मको सबै आवश्यक खोप लगाएका छन् ।

    यसैगरी, १६ महिनादेखि ५९ महिनासम्मका ७०५ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमित खोप लगाईएको सुनिश्चित भएको छ ।

    सरकारले उपलब्ध गराउने १३ वटा नियमित खोप कार्यक्रममा समावेश भएका खोपहरूले बालबालिकालाई विभिन्न संक्रामक रोगहरूबाट सुरक्षा प्रदान गर्छ । यी खोपहरूमा क्षयरोग, हेपाटाइटिस, पोलियो, दिप्थेरिया, कालो खोकी, ध्वनी, रुबेला, खसरा लगायतका रोगहरूबाट बचाउने खोपहरू समावेश छन् ।

    सम्बन्धित समाचार