Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेल रुपाकोट मझुवागढीको आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब दुई करोड ९८ लाख ३४ हजार बजेट सार्वजनिक

    दिक्तेल रुपाकोट मझुवागढीको आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब दुई करोड ९८ लाख ३४ हजार बजेट सार्वजनिक


    • सोमवार, आषाढ ९ २०८२

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढीको आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब दुई करोड ९८ लाख ३४ हजार बजेट सार्वजनिक
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला समन्वय समितिको सभाहलमा सोमबार सम्पन्न १३ औं नगरसभा ।

    खोटाङ, ९ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु एक अर्ब दुई करोड ९८ लाख ३४ हजार ३९१ को बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार सम्पन्न १३ औं नगरसभामा उपप्रमुख विशन राईले बजेट तथा वार्षिक कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    नगरपालिकाको बजेटमा आन्तरिक आयको रूपमा दुई करोड २० लाख, संघीय सरकारको राजस्व बाँडफाँडबाट १४ करोड ९३ लाख ९० हजार ६७८, संघीय सरकारको अनुदानबाट रु ६९ करोड २० लाख, प्रदेश सरकारको अनुदानबाट आठ करोड ६८ लाख ४२ हजार र अन्य स्रोतबाट रु सात करोड ९० लाख एक हजार ७१२ जुटाउने लक्ष्य राखिएको उपप्रमुख राईले जानकारी दिए ।

    नगरपालिकाले यस वर्षको बजेटमा कृषि, पर्यटन, शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन, रोजगारी वृद्धि, स्थानीय कृषि उत्पादनको वृद्धि र बजारीकरण गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ निर्माणलाई मुख्य प्राथमिकता दिएको छ ।

    कृषि क्षेत्रमा व्यवसायिक कफी खेती प्रवर्धनका लागि एक करोड, स्थानीय उत्पादनको बजारीकरणका लागि १९ लाख, मुढेमा चिस्यान केन्द्र निर्माणका लागि रु २० लाख, बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै वैकल्पिक बाली प्रवर्धनमा रु ३० लाख, प्राकृतिक खेती प्रवर्धनका लागि रु दश लाख, बंगुर र बाख्रा प्रवर्धनमा रु १८ लाख गरी कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत जम्मा तीन करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

    यसका अतिरिक्त रोजगारी तथा लघु उद्यम, पर्यटन पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य सेवा, खानेपानी, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, भाषा संस्कार र संस्कृतिको प्रवर्धन तथा संरक्षण, पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, सरसफाइ, सामाजिक सुरक्षा, संस्थागत विकास र सेवा प्रवाह तथा सुशासनका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख राईले बताए ।

    यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राई र वडा नं. ८ दोर्पा बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानले नगरसभा बहिष्कार गरेका छन् । नेपाली कांग्रेसबाट निर्बाचित वडाध्यक्ष नवराज राईले नेतृत्वले आफूखुशी आफ्नो क्षेत्रमा मात्र बजेट लगाएको आरोप लगाउँदै नगरसभा बहिष्कार गरेका हुन् ।

    त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका वडाध्यक्ष लिलाकुमार चौहानले जनताको माग र इच्छा बमोजिम बजेट नआएको भन्दै सोमबारको नगरसभा बहिष्कार गरेका छन् । दुवै वडाध्यक्षले नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डीमा मात्र सीमित भएको आरोप लगाएका छन् ।

    नगरपालिकाको राजनीतिक समीकरणमा नगरप्रमुख तीर्थराज भट्टराई नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको छ भने उपप्रमुख विशन राई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट निर्वाचि भएका हुन् ।

    सम्बन्धित समाचार