Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    केपिलासगढी गाउँपालिकाद्वारा वडानम्बर-१ फेदीलाई पुनःसंरचना गर्ने निर्णय, वडाबासीमा असन्तुष्टि

    केपिलासगढी गाउँपालिकाद्वारा वडानम्बर-१ फेदीलाई पुनःसंरचना गर्ने निर्णय, वडाबासीमा असन्तुष्टि


    • सोमवार, आषाढ ९ २०८२

    • नेपाल वाइड


    केपिलासगढी गाउँपालिकाद्वारा वडानम्बर-१ फेदीलाई पुनःसंरचना गर्ने निर्णय, वडाबासीमा असन्तुष्टि
    केपिलासगढी गाउँपालिकाको १७ औं गाउँसभामा पालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई र प्रमुख प्रशासकिय अधिकृत शौधन राई ‘यनिक’ ।

    खोटाङ, १० असार । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो वडा नम्बर-१ फेदीलाई पुनःसंरचना गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न १७ औं गाउँसभाले वडानम्बर–१ फेदीलाई दुई वडामा टुक्क्रयाउने गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष समिर राईका अनुसार फेदी वडाको फराकिलो भूगोल, छरिएको वस्ती र असन्तुलित पूर्वाधारका समस्यालाई सम्बोधन गर्न उक्त निर्णय लिइएको हो ।

    पालिकाको सबैभन्दा ठूलो वडाको रूपमा रहेको फेदीलाई पुनः संरचना गर्ने उद्देश्यले वडा पुनःसरचना गर्ने कदम चालिएको स्पष्ट पारे । प्रमुख प्रशासकीय अधिकृत शौधन राई ‘युनिक’का अनुसार प्रस्तावित नयाँ वडाको सीमाना उत्तरमा साविकको फेदीको वडा कार्यालय छमखोला र पतकरू, दक्षिणमा तिनथुमकी सासु लहरेमाने, पूर्वमा मैयू हाँसपोखरी र मात्तिाडाँडा तथा पश्चिममा लुदुमखोल्सालाई समेटिनेछ ।

    नयाँ वडाको केन्द्र सुम्देमा राखिने प्रस्ताव छ । यस नयाँ वडाको क्षेत्रफल २४.२१ वर्ग किलोमिटर हुनेछ र यहाँको जनसंख्या एक हजार तीन सय जना रहने अनुमान गरिएको छ । उक्त निर्णय कार्यान्वयनमा आएमा केपिलासगढी गाउँपालिका आठ वडामा सञ्चालन हुनेछ ।

    वडाबासीको विरोध र असन्तुष्टि

    पालिकाले वडा पुनःसंरचना गर्ने निर्णयले वडाबासीमा भने असन्तुष्टि फैलाएको छ । केपिलासगढी गाउँपालिका–१ फेदीका वडाअध्यक्ष निर कुमार राईले वडा विभाजनको विषयमा वडाबासीसँग व्यापक छलफल नभएको गुनासो गरे ।

    वडाध्यक्ष राईका अनुसार गाउँसभाको निर्णयले वडाबासीमा असहमति बढाएको छ । वडाअध्यक्ष राईले भने, “संचारमाध्यमबाट वडा विभाजनको समाचार सुनेपछि देशविदेशमा रहेका वडाबासीले फोन गरेर विरोध जनाइरहेका छन् । अहिलेसम्म मिलेर बसेको वडालाई एक्कासी फुटाउने निर्णयले जनतामा असन्तुष्टि बढेको छ ।” वडाध्यक्ष्य राईले वडा टुक्क्रयाउने निर्णयलाई पुनः विचार गर्नुपर्ने बताए ।

    ५० करोड ७ लाखको बजेट स्वीकृत

    यसैबीच गाउँसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोड ७ लाख ५९ हजार ३७३ रुपैयाँको बजेट पनि स्वीकृत गरेको छ । उपाध्यक्ष गुरुराज राईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम गाउँसभामा सर्वसम्मतिले पारित भएको हो । बजेटको स्रोत हेर्दा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ७ करोड १ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ५४ लाख ९ हजार ३७३ रुपैयाँ, सशर्त अनुदान २१ करोड २७ लाख, समपूरक अनुदान १३ करोड ४६ लाख र विशेष अनुदान ३ करोड १९ लाख प्राप्त हुनेछ ।

    प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख ६४ हजार, राजस्व बाँडफाँड ५९ लाख ५ हजार, सशर्त अनुदान १ करोड ४७ लाख ८१ हजार, समपूरक अनुदान १ करोड ६० लाख, आन्तरिक राजस्वबाट ३५ लाख र गत वर्षको मौज्दात ९० लाख प्राप्त हुने उपाध्यक्ष राईले जानकारी दिए ।

    प्रमुख प्रशासकीय अधिकृत सुधन राईका अनुसार गाउँसभाले चालूतर्फ ३१ करोड १० लाख ४० हजार ३७३ रुपैयाँ र पूँजीगततर्फ १८ करोड ९७ लाख १९ हजार बजेट विनियोजन गरेको छ । क्षेत्रगत बजेट हेर्दा शिक्षासहितको सामाजिक विकासतर्फ २१ करोड ९७ लाख १४ हजार ५ सय, आर्थिक विकासतर्फ ३ करोड ६३ लाख ३३ हजार ५ सय, पूर्वाधार विकासतर्फ ११ करोड ३८ लाख ८० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ६८ लाख दुई हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १२ करोड ४० लाख २९ हजार ३७३ रुपैयाँ छुट्याइएको छ ।

    गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता र त्यसपछि कृषिलाई दोस्रो प्राथमिकता दिएर बजेट तयार गरेको छ । गाउँसभाले तोरी खेतीको प्रवर्द्धनका लागि जि फाउन्डेसनसँगको साझेदारीमा निर्माणाधीन प्रशोधन केन्द्रलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने कार्यक्रम पनि अघि बढाएको छ । गाँउपालिका अध्यक्ष समिर राईले प्रस्तुत गर्नुभएकको वार्षिक नीति तथा कार्यक्रम गाँउसभाबाट सर्वसम्मत पारित भएको छ ।

    सम्बन्धित समाचार