Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरी गाउँपालिकाद्वारा ३८ करोड ४० लाखको बजेट स्वीकृत

    बराहपोखरी गाउँपालिकाद्वारा ३८ करोड ४० लाखको बजेट स्वीकृत


    • मंगलवार, आषाढ १० २०८२

    • नेपाल वाइड


    बराहपोखरी गाउँपालिकाद्वारा ३८ करोड ४० लाखको बजेट स्वीकृत
    बराहपोखरी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को १७ औं गाउँसभाको उद्धघाटन गर्नुहुदै पालिका प्रमुख सालिकराम बञ्जरा, उपप्रमुख भुवलराज राई, प्रमुख प्रशासकिय अधिकृत दिल कुमार अधिकारीलगायत ।

    खोटाङ, १० असार । खोटाङको बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३८ करोड ४० लाख ५६ हजार ७७० रुपैयाँको वार्षिक बजेट स्वीकृत गरेको छ । धर्तुङस्थित गाउँपालिकाको सभाहलमा मङ्गलबार सम्पन्न १७ औं गाउँसभामा उपप्रमुख भुवलराज राईले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक तथा बजेट स्वीकृत गरेको हो ।

    उपप्रमुख राईका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिकाले विभिन्न स्रोतबाट बजेट प्राप्त गर्नेछ । संघीय सरकारको राजस्व बाँडफाँडबाट सात करोड ३७ लाख ९८ हजार १३३ रुपैयाँ प्राप्त हुने छ जुन बजेटको एक महत्वपूर्ण हिस्सा हो । प्रदेश सरकारबाट ५० लाख १९ हजार रुपैयाँ र संघीय सरकारको समानीकरण अनुदानबाट सात करोड ९५ लाख रुपैयाँ प्राप्त हुने जानकारी दिइएको छ ।

    अन्य स्रोतहरूको सिलसिलामा प्रदेश सरकारबाट ६७ लाख ६१ हजार रुपैयाँ, संघीय सरकारको समपूरक अनुदानतर्फ एक करोड ४० लाख रुपैयाँ र प्रदेश सरकारबाट एक करोड ६० लाख रुपैयाँ बजेट प्राप्त हुनेछ । सशर्त अनुदानका रूपमा संघीय सरकारबाट १५ करोड ८५ लाख रुपैयाँ र प्रदेश सरकारबाट २१ लाख ४७ हजार रुपैयाँ प्राप्त हुने छ ।

    आन्तरिक राजस्वबाट २१ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट एक लाख रुपैयाँ र बैंक मौज्दातबाट एक करोड ८८ लाख ३१ हजार ६२७ रुपैयाँ बजेटमा समावेश हुनेछ । गाउँसभामा गाउँपालिका प्रमुख सालिकराम बञ्जाराले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । पालिकाले लिएको नीति कार्यक्रमले स्थानीय विकासका विविध पक्षहरूलाई समेटेको छ ।

    प्रमुख बञ्जाराका अनुसार बजेट कार्यान्वयनलाई अझ प्रभावकारी र पारदर्शी बनाउनका लागि आगामी आर्थिक वर्षदेखि कार्यसम्पादन सम्झौता गरिनेछ, जसले बजेट कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही बनाउनेछ । गाउँपालिकाका सूचना अधिकारी रमेशकुमार पोखरेलका अनुसार उपप्रमुख राईले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक तथा बजेट गाउँसभाले सर्वसम्मत पारित गरेको छ ।

     

    सम्बन्धित समाचार