Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा


    • शुक्रवार, आषाढ १३ २०८२

    • नेपाल वाइड


    केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रमका अतिथिहरु ।

    खोटाङ, १३ असार । खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिकाको मापदण्ड अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित गरिएको हो ।

    पालिकाभित्रका जन्मेदेखि १५ महिना मुनिका २२३ जना शिशुहरूलाई नियमित खोप र १६ देखि ५९ महिनाका ६१५ जना बालबालिकाहरूलाई पूर्ण खोप लगाएको सर्वेक्षणबाट प्रमाणित भएपछि पालिकालाई पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव राम प्रसाद आचार्यले दिएको जानकारी दिए ।

    सिनियर अहेव आचार्यका अनुसार पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम पूरा गरेर पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित गरिएको हो । औपचारिक घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिल्ला खोप समितिका संयोजक सन बहादुर राईले पालिकालाई पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना पालिकाको प्रमाणपत्र पालिका अध्यक्ष समिर राईलाई प्रदान गरेका छन् ।

    संयोजक सन बहादुर राईको प्रमुख आतिथ्यमा तथा केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरेशकुमार तामाङ, उपाध्यक्ष गुरुराज राई, प्रमुख प्रशासकीय अधिकृत सौधन राई, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईं र स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत सुरेन्द्र बुढाथोकीलगायत सरोकारवाला व्यक्तित्व एबम् संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा गाउँपालिकाले खोप कार्यक्रमलाई सफलत बनाउन योगदान पुर्याउने विभिन्न निकाय र व्यक्तिहरूलाई सम्मान गरेको छ । वडा कार्यालयहरू, सम्पूर्ण स्वास्थ्य चौकी, स्वास्थ्य खोप कार्यकर्ता र सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रशंसापत्रसहित सम्मान गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईंले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

    नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । “स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको छ ।

    केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रमकाका तस्विरहरु । तस्बिरहरुः केपिलासगढी गाउँपालिकाको फेसबुक पेज ।

    0k.jpg1222.jpg34.jpg45.jpg23.jpgerr.jpgqw.jpgttt.jpgui.jpgyt.jpgrrr.jpg

    सम्बन्धित समाचार