Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङ चुईचुम्मामा अपांगता भएका ५३ व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण

    दिप्रुङ चुईचुम्मामा अपांगता भएका ५३ व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण


    • शनिवार, आषाढ १४ २०८२

    • सुर्य तामाङ


    दिप्रुङ चुईचुम्मामा अपांगता भएका ५३ व्यक्तिलाई कृत्रिम अंग र सहायक सामाग्री वितरण
    अपांगता भएका व्यक्तिलाई कृत्रिम खुट्टा प्रदान गर्नुहुदै पालिका अध्यक्ष लोकेन्द्र राई ।

    खोटाङ, १४ असार । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अपांगता भएका ५३ जना व्यक्तिहरूलाई कृत्रिम हात, खुट्टा र अन्य सहायक सामाग्री वितरण गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका, कोशी प्रदेश र करुणा फाउन्डेशनको आर्थिक सहयोग तथा राष्ट्रिय अपांग कोषको प्राविधिक सहयोगमा उक्त सहायक सामाग्री वितरण गरेको हो ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका वडानम्बर–१ का बिर्ख मगरलाई घुँडामुनिको कृत्रिम खुट्टा, वडानम्बर–२ का गणेश खड्कालाई कुइनामुनिको कृत्रिम हात वितरण गरिएको दिपु्रङ चुईचुम्मा गाँउपालिकाका महिला तथा बालबालिका विकास शाखा प्रमुख ओमसरा राईले जानकारी दिइन् ।

    यस्तै विभिन्न वडाका अति अशक्त भएका लिला बहादुर मगर, नवीन मगर, सेली राई, नहकुल राई, सर्वजीत राई र गोविन्द दाहाल खत्रीलाई कम्बोट चियर वितरण गरिएको छ । यस्तै वडानम्बर–२ का प्रदिम खड्कालाई ह्विलचेयर र वडानम्बर–५ का सबिन खड्कालाई सपोर्टेड डिभाइस वितरण गरिएको छ ।

    अपांगता भएका व्यक्तिहरूलाई कृत्रिम हात, खुट्टा र अन्य सहायक सामाग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष लोकेन्द्र राई, उपाध्यक्ष अरुणा थापा मगर, करुणा फाउन्डेशनका पालिका संयोजक अभिषेक ठाकुरलगायत । Photo.jpg

    अपांगता भएका व्यक्तिहरूलाई कृत्रिम हात, खुट्टा र अन्य सहायक सामाग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष लोकेन्द्र राई, उपाध्यक्ष अरुणा थापा मगर, करुणा फाउन्डेशनका पालिका संयोजक अभिषेक ठाकुरलगायत ।

    यस्तै सुनाई सम्बन्धी अपांगता भएका २० जनालाई हियरिङ एड डिभाइस वितरण गरिएको छ भने सामान्य अपांगता भएका २१ जनालाई वाकिङ स्टिक र हिडाईमा समस्या भएका २ जनालाई (एफओ) अर्थोपेटिक जुत्ता वितरण गरिएको छ ।

    गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले अपांगता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सरल तथा सहज बनाउने उद्देश्यले कृत्रिम अंग र सहायक सामाग्री वितरण गरिएको बताए । उहाँले अपांगता भएका व्यक्तिहरूको समस्याहरू क्रमशः समाधान गर्दै लैजाने र उनीहरूको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आथित्यमा आयोजित सामाग्री वितरण कार्यक्रममा करुणा फाउन्डेशनका पालिका संयोजक अभिषेक ठाकुर, राष्ट्रिय अपांग कोषका प्रोस्थेसिष्ट एण्ड अर्थोष्टिष्ट रामबहादुर थापा, ह्विलचेयर टेक्निशियन रामहरि लम्साल र कोषका प्रशासन अधिकृत सुनिता पौडेलको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार