मंगलवार, आषाढ १७ २०८२
नेपाल वाइड
खोटाङ, १७ असार । शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिँदै हलेसी तुवाचुङ नगरपालिकाले उत्कृष्ट विद्यार्थी तथा विद्यालयहरूलाई नगद पुरस्कार प्रदान गरेको छ । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा ४ देखि ९ सम्मको नगरपालिका स्तरीय वार्षिक परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको अभियानमा सक्रिय रहेको नगरपालिकालले शिक्षा क्षेत्रमा स्वास्थ्य प्रतिस्पर्धात्मक वातावरण निर्माणका साथै विद्यार्थीहरूको प्रेरणा वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने उद्धेश्यकासाथ पुरस्कृत गरिएको नगर प्रमुख विमला राईले बताईन् ।
एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याएर नगर प्रथम हुने छात्रछात्रालाई समानरूपमा ५०–५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । यस्तै द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई २५–२५ हजार रुपैयाँ पुरस्कार दिइएको छ । छात्रतर्फ लक्ष्मी माध्यमिक विद्यालय बडहरेका गणेशकुमार दाहालले ३.५३ जिपिए प्राप्त गरी नगर प्रथम स्थान हासिल गरे ।
द्वितीय स्थानमा च्यास्मिटार माध्यमिक विद्यालय च्यास्मिटारका सोनम राईले ३.३४ जिपिए प्राप्त गरेका छन् । छात्रातर्फ लक्ष्मी माध्यमिक विद्यालय बडहरेकी दुर्गाकुमारी कटवाल र सरस्वती माध्यमिक विद्यालय अर्खौलेकी जेनिशा श्रेष्ठले समान ३.३१ जिपिए प्राप्त गरी संयुक्त रूपमा नगर प्रथम स्थान हासिल गरेका छन् ।
महेन्द्रोदय माध्यमिक विद्यालय महादेवस्थानकी स्वस्तिका राईले ३.२९ जिपिए प्राप्त गरी द्वितीय स्थान प्राप्त गरिन् । नगरपालिकास्तरीय वार्षिक परीक्षामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
कक्षा ४ तर्फ बाझेओढार आधारभूत विद्यालयकी सुनिता विश्वकर्मा प्रथम र रोशिका अधिकारी द्वितीय र कक्षा ५ मा सोही विद्यालयका काजल विश्वकर्मा प्रथम र मनिस राई द्वितीय, कक्षा ६ मा बुलापन्थे माध्यमिक विद्यालय धितुङकी पनिता राई प्रथम र दामोदर महासिंह आधारभूत विद्यालय दुर्छिमकी एन्जलिका राई द्वितीय भएकी छन् ।
यस्तै कक्षा ७ मा मालिकादेवी माध्यमिक विद्यालय बाहुनीडाँडाकी लक्ष्मी राई प्रथम र शान्ति आधारभूत विद्यालय बडहरेकी युनिशा राई द्वितीय र कक्षा ८ मा महङ्कंला आधारभूत विद्यालय राजापानीकी रोजिना कार्की प्रथम र ज्योति माध्यमिक विद्यालय राजापानीकी सविना कार्की द्वितीय भएकी छन् ।
कक्षा–९ मा बुलापन्थे माध्यमिक विद्यालय धितुङका अनिल कटवाल प्रथम र मालिकादेवी माध्यमिक विद्यालय बाहुनीडाँडाकी रजिका राई द्वितीय भएकी छन् । एसइई परीक्षामा नगर प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयहरूलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
लक्ष्मी माध्यमिक विद्यालय बडहरे प्रथम, कालिका माध्यमिक विद्यालय बाहुनीडाँडा द्वितीय र महेन्द्रद्धय माध्यमिक विद्यालय महादेवस्थान तृतीय भएका छन् । कक्षा–४ देखि ९ सम्म नगर प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ ।
कक्षा–४ मा बाझेओढार आधारभूत विद्यालय बडहरे प्रथम (३० हजार), कलङ्का आधारभूत विद्यालय च्यास्मिटार द्वितीय (१५ हजार), देउराली आधारभूत विद्यालय च्यास्मिटार तृतीय (१० हजार) कक्षा ६ मा शान्ति आधारभूत विद्यालय बडहरे प्रथम (४० हजार), मालिकादेवी आधारभूत विद्यालय बाहुनीडाँडा द्वितीय (२० हजार), बुलापन्थे माध्यमिक विद्यालय धितुङ तृतीय (१० हजार) पाएका छन् । कक्षा ९ मा दुर्छिम माध्यमिक विद्यालय दुर्छिम प्रथम (५० हजार), दाम्ली माध्यमिक विद्यालय डिकुवा द्वितीय (३० हजार), मालिकादेवी माध्यमिक विद्यालय तृतीय (१५ हजार) पाएका छन् ।
पुरस्कृत विद्यार्थी तथा विद्यालयहरूलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, नगरप्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलगायतका व्यक्तित्वहरूले पुरस्कार प्रदान गरेका थिए । नगरपालिकाले सोमबार दुर्छिमस्थित होलेसुङ रिसोर्टमा एक समग्र कार्यक्रमको आयोजना गरेको थियो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा, नगर प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार वितरण र हलेसी मन्दिर व्यवस्थापन समितिलाई पञ्चेबाजा हस्तान्तरण कार्यक्रम एकैसाथ सम्पन्न गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाले शैक्षिक उत्कृष्टताको पहिचान र सम्मानको माध्यमबाट विद्यार्थी, शिक्षक र विद्यालयहरूमा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।