Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गायक दिलिप तामाङको डेब्यू गीत ‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)

    गायक दिलिप तामाङको डेब्यू गीत ‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)


    • शनिवार, आषाढ २८ २०८२

    • नेपाल वाइड


    गायक दिलिप तामाङको डेब्यू गीत ‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)

    खोटाङ, २८ असार । गायक दिलिप तामाङको ‘क्या मिठो बोली मैच्याङ्ग’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तामाङको अफिसिलय युट्ब च्यानलमार्फत गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

    खोटाङको दिक्तेल स्थायी घर भई हाल बेलायत बस्दै आउनुभएका गायक तामाङले आफ्नो पहिलो गीत ‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक गरेर नेपाली संगीत जगतमा प्रवेश गरेका छन् । प्रवासबाट आफ्नो संगीत यात्रा सुरु गर्दै गायक तामाङले आफ्नो अफिसियल युट्यूब च्यानलमार्फत उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

    उक्त डेब्यू गीतमा गायक दिलिप तामाङलार्ई गायिका लिला गोम्देनले साथ दिएकी छिन् । श्रुतीमा श्रेष्ठ तामाङको प्रस्तुति रहेको गीतमा डिल्लीराम राईको शब्द र आशुसेन लामाको संगीत रहेको छ । सेलो विटमा रहेको गीतले नेपाली संगीतको परम्परागत मिठासलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको गायक तामाङले बताए ।

    ‘क्या मिठो बोली मैच्याङ्ग’ को म्युजिक भिडियोमा मोडल डोना थापा र याङजी दोङलगायतले अभिनय गरेका छन् । भिडियोले गीतको भावनालाई दृश्यात्मक रूपमा प्रभावकारी तरिकाले प्रस्तुत गरेको छ । आधुनिक प्रविधिको संयोजनमा निर्माण गरिएको उक्त म्युजिक भिडियोमा नेपाली लोक संस्कृति र परम्परालाई प्रोत्साहित गरेको छ ।

    बुवा कालिबहादुर तामाङ, आमा विष्णुमाया तामाङ, श्रीमती श्रुतीमा श्रेष्ठ तामाङ र छोरी श्रुदिता तामाङसाथ बेलायत बस्दै आउनुभएका गायक तामाङले परिवारको साथ र सहयोगमा आफ्नो संगीत यात्रा सुरु गरेको बताएका छन् । गायक तामाङले आगामी दिनमा संगीतलाई निरन्तरता दिदै नेपाली संगीत जगतमा नियमित रूपमा नयाँ गीतहरू ल्याउने योजना बनाएका छन् ।

    सार्वजनिक गीत र म्युजिक भिडियोमार्फत स्रोता दर्शकहरूको प्रतिक्रियाबाट आफू उत्साहित भएको गायक तामाङले बताए । उनले विदेशमा रहेर पनि नेपाली संस्कृति र संगीतको प्रवर्धनमा आफु निरन्तर लागि रहने प्रतिबद्धता जनाएका छन् ।

    म्युजिक भिडियो...

     

    सम्बन्धित समाचार