Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेला गाउँपालिकाः हरित पालिका निर्माणका लागि वृक्षरोपण अभियान

    साकेला गाउँपालिकाः हरित पालिका निर्माणका लागि वृक्षरोपण अभियान


    • मंगलवार, आषाढ ३१ २०८२

    • नेपाल वाइड


    साकेला गाउँपालिकाः हरित पालिका निर्माणका लागि वृक्षरोपण अभियान
    वृक्षरोपणका लागि विरुवा वितरण गर्नुहुदै पालिका अध्यक्ष रविप्रकाश राई ।

    खोटाङ, ३१ असार । खोटाङको साकेला गाउँपालिकाले आफ्नो क्षेत्रलाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले वृक्षरोपण अभियान सुरु गरेको छ । जिल्लाकै सबैभन्दा सानो गाउँपालिका मानिने यस पालिकाको पाँच वडा रहेको स्थानीय तहले सडक किनारा, विभिन्न पार्क, सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरूमा बिरुवा रोप्ने कार्य थालेको हो । गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा वृक्षरोपण अभियान शुरु गरिएको हो ।

    गाउँपालिकाभित्र पर्ने सबै वडाका स्थानीयवासी, कर्मचारी तथा जनप्रतिनिधिहरूको टोलीले विभिन्न प्रजातिका बिरुवा रोप्न थालेका छन् । अभियानको शुरुवात गर्दैे वडा नं. २ रतन्छास्थित साकेला पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।

    वातावरणीय रूपमा भूगोल र माटो सुहाउँदो प्रकारका बिरुवा रोप्न सुरु गरिएको गाउँपालिका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिए । रोपिएका बिरुवाहरूमा ज्याकारअण्डा, धुपी, कल्की, अशोका, क्रिष्मश ट्री, लालीगुराँस लगायतका प्रजातिहरू रहेका छन् । यसै वर्ष तीन हजार बिरुवा रोप्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    पालिकालाई वातावरणमैत्री बनाउन सबै सामुदायिक विद्यालय, स्वास्थ्यसंस्था, वडा कार्यालयहरू र सार्वजनिक पाटीपौवालगायतका स्थानमा बोट बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिईन् । गाउँपालिकाले बिगतका वर्षहरूमा पालिकाभरी करिब दश हजार विभिन्न प्रजातिका बिरुवाहरू रोपेर संरक्षण गर्दै आएको छ ।

    गाउँपालिकाले हरेक हप्ताको शुक्रबार सरसफाइ अभियानसमेत सञ्चालन गर्दै आएको छ । वातावरणीय सुधारका साथसाथै पालिकाभित्र पर्ने चोक तथा पार्कहरूमा ख्यातिप्राप्त चित्रकारहरू झिकाएर विभिन्न जातजातिको संस्कार र संस्कृतिसँग सम्बन्धित चित्रहरू कोरिएका छन् । यसले पालिकाको सांस्कृतिक पहिचान र कलात्मक सुन्दरतामा वृद्धि भएको छ ।

    हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यकासाथ साकेला गाँउपालिका शुरु गरेको वृक्षरोपण अभियानका तस्बिररुः

    वृक्षरोपण अभियानमा सहभागी हुदै पालिका अध्यक्ष रविप्रकाश राईलगायत पालिकाका कर्मचारीहरु ।.jpegवृक्षरोपण अभियानमा सहभागी हुदै पालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष विर्सिका राईलगायत । Photo.jpegPhoto 2.jpg14.jpeg22.jpeg112.jpeg

    सम्बन्धित समाचार