Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शहिद कार्की दम्पतीको स्मृतिमा अस्पताललाई पानी सुद्धिकरण गर्ने डिस्पेन्सर प्रदान

    शहिद कार्की दम्पतीको स्मृतिमा अस्पताललाई पानी सुद्धिकरण गर्ने डिस्पेन्सर प्रदान


    • मंगलवार, आषाढ ३१ २०८२

    • नेपाल वाइड


    शहिद कार्की दम्पतीको स्मृतिमा अस्पताललाई पानी सुद्धिकरण गर्ने डिस्पेन्सर प्रदान
    जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश संग्रौलालाई लाई पानी सुद्धिकरण गर्ने डिस्पेन्सर हस्तान्तरण गर्दै अतिथिहरु ।

    खोटाङ, ३१ असार । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल खोटाङलाई पानी सुद्धिकरण गर्ने डिस्पेन्सर प्रदान गरेको छ । जनयुद्धकालमा गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त गरेका माओवादी नेता दिलकाजी कार्की र उनकी पत्नी ईन्दिरा कार्कीको २४ औं स्मृति दिवसका अवसरमा प्रतिष्ठानले जिल्ला अस्पताल खोटाङलाई पानी सुद्धिकरण गर्ने डिस्पेन्सर प्रदान गरेकोे हो ।

    जिल्ला अस्पतालका विरामीहरुलाई स्वच्छ पिउने पानीकोे सहजताका लागि पानी सुद्धिकरण गर्ने डिस्पेन्सर प्रदान गरेकोे प्रतिष्ठानका अध्यक्ष शुरेस राईले बताए । जिल्ला अस्पताल खोटाङको प्राङ्गणमा आयोजित स्मृति दिवस कार्यक्रममा पूर्व सांसद एवं नेकपा माओवादी केन्द्रका अनुशासन आयोगका अध्यक्ष टंक राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जिल्ला अस्पताल खोटाङका प्रमुख रुपेश संग्रौलालाई संयुक्त रूपमा पानी सुद्धिकरण गर्ने डिस्पेन्सर हस्तान्तरण गरेका छन् । प्रतिष्ठानले जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीहरूका लागि फलफूल पनि वितरण गरेको छ ।

    बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै शहिदको स्मृतिमा फलफूल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष राईले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानंम्वर–९ निर्मलीडाँडाका दिलकाजी कार्की तत्कालीन नेकपा माओवादीको जिल्ला सेक्रेटरीका रूपमा कार्यरत थिए ।

    माओवादी जनयुद्धकालमा महत्वपूर्ण भूमिकामा रहेका कार्की दम्पतीको खोटाङ जिल्लामा माओवादी पार्टीको संगठन निर्माण र विस्तारमा पुर्याएको योगदान अतुलनीय मानिन्छ । २०५९ असार ३१ गते राती कार्की दम्पतीलाई खोटेहाङ गाउँपालिकाको सिम्पानीबाट नियन्त्रणमा लिई टुवाखोलामा पुर्याएर राज्यपक्षले हत्या गरेको थियो ।

    प्रतिष्ठानले शहिद दम्पतीको आदर्श र मूल्यमान्यताहरूलाई जीवन्त राख्न निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको आएको छ । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानद्धारा आयोजित स्मृति दिवसका अवशरमा शहिद कार्की दम्पतीको तस्बिरमा माल्यार्पन गर्दै श्रद्धान्जली अर्पण गरिएको थियो ।

    दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानद्धारा दिलकाजी कार्की र ईन्दिरा कार्कीको २४ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति दिवश कार्यक्रमका केही तस्बिरहरुः
    ।

    1.jpg12.jpg13.jpg14.jpg16.jpgPhoto 1.jpgphoto 2.jpg455.jpg

    सम्बन्धित समाचार