Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तिहारमा राति १० बजेपछि देउसीभैलो नखेल्न प्रशासनको आग्रह

    तिहारमा राति १० बजेपछि देउसीभैलो नखेल्न प्रशासनको आग्रह


    • शुक्रवार, आश्विन ३१ २०८२

    • नेपाल वाइड


    तिहारमा राति १० बजेपछि देउसीभैलो नखेल्न प्रशासनको आग्रह
    जिल्ला प्रशासन कार्यालय खोटाङ ।

    खोटाङ, ३१ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहार, नेपाल सम्वत् र छठ पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै चाडपर्वको समयमा सामाजिक सद्भाव, भातृत्व र शान्ति सुव्यवस्था कायम राख्न आग्रह गरेको छ ।

    प्रचलित परम्परा अनुसार देउसीभैलो, नाचगान लगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न वा गराउन निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ ।

    प्रशासनले जुवातास, लठ्ठेबाजी, भिडभाड, आतिशबाजी र मादक पदार्थ सेवन गरी अशान्ति सिर्जना नगर्न पनि अनुरोध गरेको छ । चाडपर्वलाई मर्यादित बनाउन प्रशासनले विष्फोटक पदार्थ तथा निषेधित वस्तुको ओसारपसार र प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

    जिल्लामा शंकास्पद गतिविधि वा अपराधजन्य कार्य भए वा गरेको देखिएमा प्रहरीको टोल फ्री नम्बर १०० वा मोबाइल ९८५२८४१३२३ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।

    चाडपर्वलाई शान्तिपूर्ण वातावरणमा मनाउन सबैको सहयोग अपरिहार्य रहेको भन्दै सोही अपेक्षा गरिएको समेत सूचनामा उल्लेख गरिएको छ र प्रशासनको निर्देशन उलंघन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

    प्रशासनले चाडपर्वलाई मर्यादित, सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गर्दै सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको जनाएको छ र यसपटक चाडपर्वको उत्सवलाई सांस्कृतिक मर्यादाभित्र राख्ने दिशामा विशेष ध्यान दिइने प्रशासनले स्पष्ट पारेको छ ।

    जिल्ला प्रशासन कार्यालय खोटाङद्धारा जारी सूचना ।

    जिल्ला प्रशासन कार्यालय खोटाङ । ss.jpg

    सम्बन्धित समाचार