Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा एकैदिन दुई पुरुषको मृत्यु

    खोटाङमा एकैदिन दुई पुरुषको मृत्यु


    • बिहिवार, बैशाख २४ २०८३

    • नेपाल वाइड


    खोटाङमा एकैदिन दुई पुरुषको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ, २४ वैशाख । खोटाङ जिल्लामा बुधबार एकैदिन फरक–फरक दुर्घटनामा परी दुईजना पुरुषको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

    गाउँमा विद्युत अवरुद्ध भएपछि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेका आनन्द राईलाई बुधबार साँझ करेन्ट लाग्दा घटनास्थलमै ज्यान गएको हो । बतासेका वडाध्यक्ष बबेन्द्र राईका अनुसार तीन छोरा र एक छोरीका बुबा आनन्दको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    उता, महादेवस्थानका सुनिल कार्की बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न बुधबार दिउँसो घरबाट निस्किएका थिए । वडानम्बर ५ र ७ को सीमानामा पर्ने रावापानी मुहान क्षेत्रमा भीरबाट लडेर करिब २५ मिटर तल मृत फेला परेका सुनिललाई बेलुका अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा साँझ मृत भेटिएको थियो ।

    हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडाध्यक्ष कमल गिरीका अनुसार दुई छोरा र दुई छोरीका बुबा सुनिल हलेसी बजारमा लक्ष्मी होटल सञ्चालन गर्दै आएका थिए । सुनिलको शव पनि परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

    सम्बन्धित समाचार