Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किरात राई कर्मचारी मञ्च खोटाङको अध्यक्षमा इरन राई पुनः निर्वाचित

    किरात राई कर्मचारी मञ्च खोटाङको अध्यक्षमा इरन राई पुनः निर्वाचित


    • बिहिवार, जेठ ७ २०८३

    • नेपाल वाइड


    किरात राई कर्मचारी मञ्च खोटाङको अध्यक्षमा  इरन राई पुनः निर्वाचित
    किरात राई कर्मचारी मञ्च खोटाङको छैटौँ जिल्ला अधिवेशनद्धारा पुनः अध्यक्षमा निर्वाचित ईरन राई ।

    खोटाङ, ७ जेठ । किरात राई कर्मचारी मञ्च खोटाङको छैटौँ जिल्ला अधिवेशनले इरन राईलाई सर्वसम्मतिले पुनः अध्यक्षमा चयन गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुखमा कार्यरत राई यस पटक दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट एघार सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा मुगाधन राई, सचिवमा अदित राई, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा उषाकला राई चयन हुनुभएको छ ।

    त्यस्तै, रेस्मा राई, पञ्च राई, टङ्क राई, निसान राई, पदम राई र शशि राई कार्यसमिति सदस्यमा मनोनीत हुनुभएको छ । अधिवेशनसँगै किरात समुदायको साकेला उँभौली चाडको उपलक्ष्यमा हुर्लुङमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

    सहायक प्रमुख जिल्ला अधिकारी तथा किरात कर्मचारी केन्द्रीय मञ्चकी उपाध्यक्ष कोपिला राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अधिकृत सातौँ पदबाट सेवानिवृत्त शर्मिला राईलाई प्रशंसापत्रसहित विशेष सम्मान गरिएको छ ।

    ५८ वर्षसम्म इमान्दारिता, कर्तव्यनिष्ठा र अनुशासनका साथ राष्ट्र तथा समाजको सेवामा उल्लेखनीय योगदान पुर्‍याएकै साथै किरात राई समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निभाए बापत उहाँलाई उक्त सम्मान प्रदान गरिएको नवनिर्वाचित अध्यक्ष इरन राईले जानकारी दिईन् ।

    सम्बन्धित समाचार