Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाद्वारा विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण

    हलेसी तुवाचुङ नगरपालिकाद्वारा विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण


    • शनिवार, जेठ ३० २०८३

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाद्वारा विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
    टेकबहादुर सार्कीको परिवारलाई जस्तापाताको छानासहितको भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण कार्यक्रममा मेयर विमला राईलगायत कर्मचारीहरुको टोली ।

    खोटाङ, ३० जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत घरबारविहीन विपन्न परिवारलाई भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ । नगरपालिकाको १३६ औँ कार्यपालिका बैठकको निर्णयअनुसार वडा नम्बर–१० अर्खौलेका टेकबहादुर सार्की, मङ्गलटारका भया दमाई र डिकुवाका देशवीर राईका परिवारका लागि पाँच लाखको लागतमा दुई कोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिएको छ ।

    जसमध्ये सार्की परिवारलाई बिहीबार औपचारिक रूपमा घर हस्तान्तरण गरिएको छ भने बाँकी दुई परिवारलाई चाँडै हस्तान्तरण गर्ने तयारी रहेको नगरप्रमुख विमला राईले जानकारी दिइन् । करिब १२ वर्षदेखि गाउँ बाहिर अरुकै घरमा आश्रित रहँदै आएका सार्की परिवार गत भदौमा आफ्नो गाउँ फर्किएका थिए । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका टेकबहादुरकी श्रीमती र दश वर्षीय छोरा छन् ।

    आफ्नो घर पाएपछि सार्की परिवार हर्षित भएको छ । यसका अतिरिक्त काठमाडौँलगायत तराईका जिल्लामा बस्दै गर्दा सरकारले घरटहरा भत्काएपछि विस्थापित भएका नगरवासीलाई पनि आफ्नै नगरपालिकामा फर्की स्थायी बसोवास गर्न चाहेमा पाँच लाखको लागतमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ । तर यसका लागि सम्बन्धित परिवारको आफ्नै नाममा जग्गा हुनु अनिवार्य रहेको जनाइएको छ ।

    सम्बन्धित समाचार