Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ लगातार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

    खोटाङ लगातार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा


    • बिहिवार, आषाढ १८ २०८३

    • नेपाल वाइड


    खोटाङ लगातार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

    खोटाङ, १६ असार । खोटाङलाई पुनः पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले तोकेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको पुष्टि भएपछि मङ्गलबार घोषणा गरिएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ प्रकारका खोपहरू १५ महिना मुनिका सबै बालबालिकाले पूर्ण रूपमा लगाइसकेका छन् ।

    उमेर समूहअनुसार हेर्दा ११ महिनासम्मका एक हजार ४९९, १२ देखि १५ महिनासम्मका ६५३, १६ देखि २३ महिनासम्मका एक हजार २६८, २४ देखि ५९ महिनासम्मका पाँच हजार २१७ र १६ देखि ५९ महिनासम्मका छ हजार ४७८ गरी जम्मा बालबालिकाले सबै किसिमको खोप पाएको सुनिश्चित भएपछि घोषणा भएको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कुलप्रसाद पौडेलका अनुसार, जिल्लाभित्रका दश स्थानीय तहमा वडा कार्यालय स्तरैबाट सुरु भएको खोप सुनिश्चितता प्रक्रिया क्रमशः सबै पालिकामा पूरा भएपछि समग्र जिल्लालाई नै दीगो घोषणा गर्न सकिएको हो ।

    साथै आगामी वर्षमा पनि कुनै बालबालिका नछुटाई सबैलाई पूर्ण खोप उपलब्ध गराउने प्रतिबद्धतामा सम्बन्धित निकायहरूले हस्ताक्षर समेत गरेका छन् । घोषणा कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तह र स्वास्थ्यकर्मीहरूलाई जिल्ला खोप समन्वय समितिले प्रशंसापत्रसहित सम्मान गरेको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षतामा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कडेल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय तहका स्वास्थ्य शाखा संयोजक र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।

    खोटाङलाई सर्वप्रथम वि.सं. २०७४ पुस १४ गते ३१ औँ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्लाका रूपमा घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष यस उपलब्धि निरन्तर कायम राख्दै आएको छ ।

    सम्बन्धित समाचार