Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेला गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, विद्यालय र पत्रकार सम्मानित

    साकेला गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, विद्यालय र पत्रकार सम्मानित


    • सोमवार, आषाढ २२ २०८३

    • नेपाल वाइड


    साकेला गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, विद्यालय र पत्रकार सम्मानित
    एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गदै पालिका रवि प्रकाश राईको र उपाध्यक्ष बिर्सिका राई ।

    खोटाङ, २२ असार । खोटाङको साकेला गाउँपालिकाले २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयका साथै व्यवसायिक पत्रकारितामा योगदान पु¥याउनेलाई नगद पुरस्कार तथा सम्मानपत्रसहित सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आतिथ्यता र उपाध्यक्ष बिर्सिका राईको विशेष आतिथ्यतामा आइतबार आयोजित विशेष कार्यक्रममा पुरस्कार वितरण तथा सम्मान प्रदान गरिएको हो ।

    एसईई–२०८२ मा साकेला गाउँपालिकाभित्र सबैभन्दा बढी ३.१८ जिपिए ल्याई प्रथम हुने सरस्वती माध्यमिक विद्यालय, मात्तिमकी छात्रा कृषा राईलाई नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ भने ३.१५ जिपिएसहित दोस्रो हुने चण्डेश्वरी माध्यमिक विद्यालय, डाँडागाउँकी छात्रा मार्टिना राईलाई ३० हजार र सोही विद्यालयकी ३.१२ जिपिए ल्याएकी दिपसुहाङ राईलाई २० हजार प्रदान गरिएको छ ।

    यस्तै ३.०७ जिपिए ल्याउने बालबालिका माध्यमिक विद्यालयकी पविना राई र राधाकृष्ण माध्यमिक विद्यालयकी सन्धिका राईलाई जनही ५ हजार नगदसहित सम्मान गरिएको छ । विद्यालयतर्फ उत्तीर्ण प्रतिशतका आधारमा सरस्वती माध्यमिक विद्यालय, मात्तिमले ८८.८९ प्रतिशतसहित प्रथम स्थान हासिल गर्दै ५० हजार पुरस्कार पाएको छ । ७२.७२ प्रतिशतसहित दोस्रो हुने राधाकृष्ण माध्यमिक विद्यालयले ३० हजार, ६२.०२ प्रतिशतसहित तेस्रो हुने सिद्धेश्वरी माध्यमिक विद्यालय, खिदिमाले २० हजार तथा ५७.१४ प्रतिशतसहित सान्त्वना स्थान हासिल गर्ने साकेला माध्यमिक विद्यालय, रतन्छाले १० हजार पुरस्कार प्रदान गरिएको पालिकाकाप्रमुख प्रशासकीय अधिकृत अर्जुन राईले जानकारी दिए ।

    यस्तै, पत्रकारिता क्षेत्रमा निष्पक्ष र जिम्मेवार कलम चलाएवापत समायोजन खबर मिडिया ग्रुपका सञ्चालक तथा नेपाल पत्रकार महासंघ खोटाङका उपाध्यक्ष चिसाङ शेर्पालाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले सम्मान केवल पुरस्कार वितरणमा सीमित नरहेको र यसले शिक्षामा उत्कृष्टताको संस्कृति विकास गर्ने अभियानको रूपमा काम गरेको बताए ।

    गुणस्तरीय शिक्षालाई देशको समृद्धिको आधार बताउँदै उनले शिक्षण पद्धति, प्रविधि र सोचमा समयानुकूल परिवर्तन अपरिहार्य रहेको धारणा राखे । अध्यक्ष राईले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै डिजिटल शिक्षा, प्रविधिमैत्री सिकाइ, शिक्षक क्षमता विकास र शैक्षिक पूर्वाधार विस्तारजस्ता कार्यक्रम निरन्तर संञ्चालनमा रहने बताए । कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावककोसहभागिता रहेको थियो ।

    2.jpg456.jpg454.jpg1.jpg56.jpg

    सम्बन्धित समाचार